जानकी–१ का वडा अध्यक्षका उम्मेदवार मुजम्मिल राईद्वारा तिहार तथा छठको शुभकामना, सामाजिक सद्भाव र एकताको सन्देश
दिनेश ठाकुर नेपालगञ्ज (बाँके) — बाँकेको जानकी गाउँपालिका वडा नम्बर १, साइगाउँ निवासी तथा आगामी स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवार मुजम्मिल राईले नेपालीहरूको महान् पर्व शुभ दीपावली (तिहार), लक्ष्मी पूजा तथा छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।
‘हाम्रो पर्व, हाम्रो संस्कृति, हाम्रो गौरव’ भन्ने मूल सन्देशसहित शुभकामना व्यक्त गर्दै राईले सम्पूर्ण नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको हो।
शुभकामना सन्देशमा उहाँले तिहारको भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा छठ पर्वले आस्था, विश्वास, अनुशासन र सामाजिक एकताको भावना बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ।‘हाम्रो पर्व, हाम्रो संस्कृति, हाम्रो गौरव’ भन्ने मूल सन्देशसहित शुभकामना व्यक्त गर्दै राईले सम्पूर्ण नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको हो।
शुभकामना सन्देशमा उहाँले तिहारको भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा छठ पर्वले आस्था, विश्वास, अनुशासन र सामाजिक एकताको भावना बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ।
उहाँले भन्नुभएको छ, “हाम्रा मौलिक चाडपर्वहरू केवल धार्मिक तथा सांस्कृतिक उत्सव मात्र होइनन्, यी आपसी प्रेम, सद्भाव, भाइचारा र एकताको प्रतीक पनि हुन्। यस्ता पर्वले समाजमा आपसी विश्वास र सहकार्यको भावना बढाउँदै सामाजिक सद्भाव कायम राख्न महत्वपूर्ण भूमिका खेल्छन्।”
स्थानीय स्तरमा सामाजिक गतिविधिमा सक्रिय रहँदै आउनुभएका राईले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न सबै समुदायबीच एकता, सहिष्णुता र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभएको छ।उहाँले यस पर्वले समाजमा विद्यमान जातीय, धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सम्मान र सद्भाव कायम गर्दै सुखी, समृद्ध र एकताबद्ध समाज निर्माण गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गर्नुभएको छ।
अन्त्यमा, उहाँले तिहार तथा छठ पर्वले सबैको घरपरिवारमा खुसी, उमंग र नयाँ उत्साह ल्याओस् भन्दै सम्पूर्णमा पुनः हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।


