१४ कार्तिक २०८३, शुक्रबार

टिकटकसहित ५९ वटा चिनियाँ एपमा आजिवन प्रतिबन्ध

एसीपी संवाददाता

१३ माघ २०७७, मंगलवार ०५:४८ मा प्रकाशित

भारतले टिकटकसहित  ५९ वटा चिनियाँ एपलाई सधैँका लागि बन्द गरिदिएको छ।

यसअघि अस्थायी रूपमा प्रतिबन्ध लगाइएका टिकटक, वायडु, वी च्याटलगायत एप चलाउने कम्पनीहरूले चित्त बुझ्दो जवाफ नदिएकाले यी एप सधैँका लागि बन्द गर्ने निर्णय भएको टाइम्स अफ इन्डियाले जनाएको छ।

गत जुनमा भारतले राष्ट्रिय सार्वभौमिकता र अखण्डतामा खतरा रहेको भन्दै चिनियाँ एपलाई प्रतिबन्ध लगाउने घोषणा गरेको थियो।

लद्दाखको गल्वानमा चिनियाँ सैनिकसँगको झडपमा परी २० भारतीय सैनिकको मृत्यु भएपछि भारतले यस्तो कदम चालेको थियो।

भारत र चीनबीच अहिले पनि सीमामा तनाव जारी छ। अघिल्लो सातामात्रै उत्तरी सिक्किमको नाकु लामा दुई देशका सैनिकबीच झडप भएको र दुबै पक्षका २४ जना घाइते भएका छन्। सेतोपाटी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1
0
Would love your thoughts, please comment.x
()
x