२२ फाल्गुन २०८२, शुक्रबार

(डब्ल्यूएचओ)का प्रमुखले कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको चेतावनी

एसीपी संवाददाता

११ चैत्र २०७६, मंगलवार ०५:१७ मा प्रकाशित

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले कोरोनाभाइरस सङ्क्रमणको प्रकोप तीव्र गतिमा फैलिरहेको चेतावनी दिएका छन्।टेड्रोस एड्हानोम गेहब्रेयससले संसारभरि तीन लाखभन्दा धेरैमा सङ्क्रमण पाइएको भन्दै अझैपनि प्रकोपको गतिलाई परिवर्तन गर्न सकिने बताएका छन्।जिनिभास्थित बीबीसी सम्वाददाता इमोजेन फोक्स भन्छिन्, “पहिलो केस भेटिएको ६७ दिनपछि एक लाखमा सङ्क्रमण पाइयो। दुई लाख पुग्न अर्को ११ दिन लाग्यो। तर त्यसको चार दिनमै तीन लाख पुग्यो।विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस सङ्क्रमणलाई ‘विश्वव्यापी महामारी’ को सङ्ज्ञा यसअघि नै दिइसकेको छ।विश्व स्वास्थ्य सङ्गठनले मानिसहरूको हिँड्डुल नियन्त्रणमा मात्र भर नपर्न भनेको छ।प्रत्येक सङ्क्रमण परीक्षण गरेर तथा सङ्क्रमित व्यक्तिको सम्पर्कमा भएका अन्य व्यक्तिलाई अलग्याउनु उक्त भाइरसविरुद्धको लडाइँमा महत्त्वपूर्ण हुने उसले बताएको छ।फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग मिलेर आह्वान गर्न लागेको जीट्वेन्टी समूहको आकस्मिक शिखर सम्मेलनमा विश्व स्वास्थ्य सङ्गठनलाई पनि पनि निम्त्याइएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x