१२ मंसिर २०८०, मंगलवार
तनहुँमा ट्याक्टर दुर्घटनाबाट एकको मृत्यु

पुस- १५
तनहुँको – गल्वुबेसीमा ट्याक्टर चालक मृत फेला परेका छन् । म्याग्दे गाउँपालिका–१ गुणादीका २६ वर्षीय सुशील परियार आज बिहान मृतावस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिनु भएको छ ।
परियार छाब्दी वाराही कन्स्ट्रक्शन प्रालिको ग१त २३८२ नंको ट्र्याक्टरका चालक रहेको जनाइएको छ ।
ना६त ६८७२ नंको ट्र्याक्टर बसपार्कमा रगताम्मे अवस्थामा भेटिएकाले परियारलाई सोही ट्र्याक्टरले किचेको हुन सक्ने प्रहरीको अनुमान छ । उक्त ट्र्याक्टरका चालक फरार रहेकाले खोजी भइरहेको छ । ट्याक्टरले किचेर मृत्यु भएपछि शवलाई त्यही छाडेर भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ भनेर प्रवक्ता लामिछानेले जानकारी दिनु भयो ।
Subscribe
Login
0 Comments