८ कार्तिक २०८१, बिहीबार

तराईमा शीतलहर र हुस्सुको प्रभाव घट्दै जाने

एसीपी संवाददाता

४ पुष २०७६, शुक्रबार १३:५८ मा प्रकाशित

तराईमा केही दिन अघिदेखि लागेको हुस्सु र शीतलहको प्रभाव शुक्रवार बेलुकीदेखि कम हुने मौसमविद्ले बताएका छन् ।
शुक्रवार केही पानी पर्ने सम्भावना भएकाले तराईको हुस्सु र शीतलहर बेलुकीदेखि बिस्तारै हट्दै जाने र अन्य ठाउँको मौसम पनि क्रमशः खुल्दै जाने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताए ।
तराईमा शीतलहर कम भए पनि आज पश्चिमी वायुको प्रभावका कारण देशका उच्च पहाडी तथा हिमाली भेगमा भने हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै शुक्रवार पश्चिमी पहाडी भेगको एकदुई ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् मानन्धरले जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x