दल दर्ताका लागि छलफलबाट किन् टाँडिदै छन् नेकपा दाहाल नेपाल समूह,निर्वाचन आयोगलाई लेखे पत्र
नेकपा दाहाल-नेपाल समूहले निर्वाचन आयोगमा उपस्थित हुन नसक्ने जनाएको छ । शुक्रबार आयोगले नेकपामा दुवै समूहलाई छलफल गर्न आयोगमा बोलाएकोमा दाहाल-नेपाल समूहले उपस्थित हुन नसक्ने बताएको हो ।
नेकपा दाहाल-नेपाल समूहले निर्वाचन आयोगमा उपस्थित हुन थप समय माग गरेको छ । अध्यक्षद्धय पुष्पकमल दाहाल र माधवकुमार नेपाल उपत्यका बाहिर रहेका कारण आयोगमा उपस्थित हुन नसक्ने जनाउँदै थप समय मागेको हो ।
त्यसको जवाफ दिँदै नेकपा दाहाल नेपाल समूहका कार्यालय सचिव श्रीराम ढकालले शुक्रबार आयोगलाई पत्र लेख्दै विरोध सभा सम्बोधन गर्न माघ १८ गतेसम्म दाहाल नेपालद्धय नै उपत्यका बाहिर जानुभएको जनाएको छ ।
अभियानको दोस्रो दिन देशभरी २८ हजारभन्दा बढीले (कोभिड १९) विरुद्धको खोप लगाए
पहिलो ६ महीनामा करीब ४८ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ नेपाल भित्रियो
पत्रमा लेखिएको छ, ‘अध्यक्षले नै आयोगसँग प्रत्यक्ष छलफल गर्न चाहानुभएकाले आज उपस्थित हुन सम्भव हुन नसकेको व्यहोरा अवगत गराउन चाहान्छु, साथै माघ १८ गते पश्चात उपयुक्त मिति र समयमा छलफलको आयोजना गर्न हुन अध्यक्षको निर्देशनअनुसार अनुरोध छ ।’
आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन र निर्वाचन तयारीका सम्बन्धमा भएका कामबारे छलफल गर्न नेकपा दुवै समूहलाई डाकेको थियो ।इमेजखबर





