दीपेन्द्रको शानदार ब्याटिङ र सन्दीपको अलराउन्ड प्रदर्शनले यूएईमाथि नेपालको सानदार जीत
नेपालले खेलमा खराब सुरुवात गरेको थियो । ओपनर अर्जुन साउद मात्र १ रन बनाएर आउट भएका थिए । २९ रनमा नेपालले १३ रन बनाएका ज्ञानेन्द्र मल्ललाई गुमायो । त्यसपछि लगातार विकेट गुमाएको नेपालका लागि कुशल भुर्तेल आउट हुँदासम्म टोलीले ६ विकेटको क्षतिमा मात्र ६३ रन बनाउन सकेको थियो ।
रोहन मुस्तफाले ३५ तथा बसिल हमिदले २९ रन बनाए । नेपालका लागि सन्दीप लामिछाने र करण केसीले ३-३ विकेट लिए । त्यस्तै प्रतिस जिसी, गुल्सन झा र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए । यसअघि नै विश्वकप छनोटको होडबाट बाहिरिइसकेको नेपालले वरीयताका लागि यूएईसँग भिडन्त गरेको हो ।
अब नेपालले आगामी मंगलबार आयरल्यान्डसँग सातौँ वरीयताका लागि प्रतिस्पर्धा गर्नेछ । उक्त खेलमा विजयी हुने टोलीले सातौँ र पराजित हुने टोलीले आठौँ वरीयता प्राप्त गर्नेछन् । यसैगरी यूएईले आगामी बिहीबार अमेरिकासँग नवौँ वरीयताका लागि प्रतिस्पर्धा गर्नेछ । उक्त खेलमा विजयी हुने टोलीले नवौँ र पराजित हुने टोलीले १०औँ वरीयता प्राप्त गर्नेछन् । विश्वकप छनोट प्रतियोगिता जिम्बाब्वेमा भइरहेको छ ।


