वरिष्ठ भनाउने नेताकार्यकर्ताहरु सिटि जुलुसमा के यहि हो गणतन्त्र ?
दुई तिहाई बहुमत पाएका कम्युनिस्टहरुको अवस्था जनता कोरोना महामारीको समस्याबाट परेसान हाम्रो नेता बिरोध र्याली मै मख्ख छन् । किसान् मल न पाएर भोक मरि तर्फ उन्मुख यी नेताहरु लाई कुर्सी भएन जुलुस हुन्छ । कहाँ लोकतान्त्रिक गणतन्त्र के नेपाली जनता मागेको यहि गणतन्त्र हो ।मंगल्बबार
संसद विघटनविरुद्ध चरणबद्ध आन्दोलन गरिरहेको नेकपा प्रचण्ड–माधव पक्षले मंगलबार काठमाडौंमा सिटी जुलुस निकालेको छ ।
काठमाडौको लैनचौरबाट सुरु सिटी जुलुस असन इन्द्रचोक हुँदै बसन्तपुर पुगेर सम्पन्न भएको थियो । सिटी फुकेर जुलुसमा सहभागी भएका नेकपाका नेता तथा कार्यकर्ताले असंवैधानिक कदम खारेज गर्नुपर्ने भन्दै सरकारबिरोधी नारा लगाएका थिए ।
नेकपाले सोमबार तेस्रो चरणको आन्दोलन घोषणा गरेको थियो । जसअनुसार, मंगलबार सिटी जुलुस निकालिएको नेकपाले जनाएको छ ।
आन्दोलनका क्रममा नेकपाका सो पक्षले देशका ठूला शहरहरुमा जनप्रदर्शन गर्ने तय गरेको छ । गएको पुस १४ र माघ ९ मा राजधानी उपत्यकामा शक्ति प्रदर्शन गरेको माघ २८ मा पनि राजधानीमा जनप्रदर्शनको तयारी गरेको छ ।


