दोस्रो नेपालगन्ज महोत्सव २०७६ को लागि आउने कलाकारहरुको पत्रकार सम्मेलन गरी जानकारी

ए.जि. सर्भिस प्रा.ली.को आयोजनामा नेपालगन्जमा यहि फागुन २१ गतेदेखि चैत्र २ गतेसम्म हुन गइरहेको दोस्रो नेपालगन्ज महोत्सव २०७६ को लागि आउने कलाकारहरुको नाम टुङ्गो लागेको सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । महोत्सवमा कलाकारहरु रेखा थापा, कमला घिमिर, भिटेन, पल शाह, पुजा शर्मा, दुर्गेश थापा, प्रकाश सपूत, ज्योति मगर, चन्द्र शर्मा, सुनिल गिरी, गोपाल नेपाल जिएम, अन्जली अधिकारी, टीका सानु, सिर्जु अधिकारी, जिक्री पाँडे, आरुसी मगर, सावित्री प्रीति, भुपेन्द्र राना, बल्छी धुर्बे, रमेश कठायत, एमटी महर, शोभित बस्नेत लगाएत आउने ,सबै जातजातीको समावेशी बसोबास रहेको सद्भावको शहर नेपालगन्जमा महोत्सवले पर्यटन वर्ष २०२० लाई सफल बनाउँन निकै ठूलो भूमिका रहने आयोजकको अपेक्षा रहेको छ । महोत्सव अवधिभर २ लाख ५० हजार बढी दर्शकले अवलोकन गर्ने र ३ सय बढी स्टल रहने आयोजकले जानकारी दिएको छ । ‘समृद्ध नेपालको प्रमुख आधार व्यापार कृषि पर्यटन संस्कृति तथा रोजगारको पूर्वाधार’ भन्ने मुल नाराले महोत्सव स्थलको तयार भइरहेको एजी सर्भिसका अध्यक्ष नन्द बहादुर बुढाले जानकारी दिएका थिए । गत वर्षको पहिलो महोत्सवको सफलतापछि उत्साहित आयोजक टिमले यस पटक दिउँसोको कार्यक्रम पश्चात् रात्री १० बजेसम्म रात्रीकालिन कार्यक्रम पनि सञ्चालन गरिने भएको छ । महोत्सवमा एकल नृत्य प्रतियोगिता तथा कला संस्कृति झल्कने झाँकी सहित गाउँको ‘होमस्टे’ पनि सञ्चालन गरिने छ ।
Great content! Super high-quality! Keep it up! 🙂