१२ मंसिर २०८०, मंगलवार
धनगढीमा घरको छत ढलान गर्ने क्रममा खसेर एक जनाको मृत्यु

नेपालगन्ज बाँके

शनिबार कैलालीको धनगढीमा घरको छत ढलान गर्ने क्रममा खसेर एक जनाको मृत्यु भएको छ ।
शनिबार धनगढी उपमहानगरपालिका वडा नम्बर २ का पुरुषोतम जोशीको घरको छत ढलान गर्ने क्रममा खसेर गाउँपालिका १ का २२ वर्षीय बालकृष्ण कठरीया घाईते भएका थिए ।
धनगढीमा उपचार सम्भव नभएपछि भारत लगिएको थियो र उनको उपचार क्रममा भारतको बरेलीमा रहेको राममुक्ति मेडिकल कलेजमा आईतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिएका हुन ।
Subscribe
Login
0 Comments