१३ माघ २०७९, शुक्रबार

धम्बोझी चोक देखि महोत्सव स्थलसम्म भब्य सांकृतिक झाकी र्‍याली प्रर्दशन

एसीपी संवाददाता

१० माघ २०७९, मंगलवार ०७:४६ मा प्रकाशित

बाँके । बाँकेको नेपालगञ्जमा हुन लागेको महोत्सवको उद्धघाटन आज हुदैँछ । आयोजकले सोमबार पत्रकार सम्मेलन मार्फत महोत्सवको सम्पूणर् तयारी पुरा भएको बताएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा आज माघ १० गते ‘समृद नेपालको प्रमुख आधार ब्यापार कृषि पर्यटन सांस्कृतिक तथा रोजगारको पूर्वाधार’ मूल नाराका साथ महोत्सव विधिवद रुपमा उद्घाटन हुदैँछ ।

आज नेपालगञ्जको धम्बोझी चोक देखि महोत्सव स्थलसम्म भब्य सांकृतिक झाकी र्‍याली प्रर्दशन सहित महोत्सवमा परिणत हुने कार्यक्रम तय भएको प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले बताए । महोत्सवको उद्घाटन लुम्बिनी प्रदेश मन्त्री कृष्णा केसी (नमुना)को प्रमुख आतिथ्यतामा हुनेछ ।

आज देखि माघ २४ गतेसम्म नेपालगञ्ज-१८ स्थित सडक डिभिजन कार्यालय कारकाँदो परिसरमा प्रादेशिक स्तरीय ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’ हुदैँछ ।

महोत्सवमा साधारण प्रवेश शुल्क ६० रुपैँया र विद्यार्थीलाई ५० रुपैँया निर्धारण गरिएको छ । उद्धघाटनका दिन भने निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x