२१ कार्तिक २०८३, शुक्रबार

नयाँ बर्षको अवसरमा शमश्शन भुमिमा बृक्षारोपण

एसीपी संवाददाता

१ बैशाख २०७८, बुधबार ०६:४० मा प्रकाशित

Shubhakamanaश्याम कुमार शाहु,नेपालगन्ज । नयाँ वर्ष २०७८ को अवसरमा नेपालगन्जमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । शुभकामना अदान प्रदानका साथै आज नयाँ वर्षको उपलक्ष्यमा कसौधन वैश्य समाज युवा मंच २०२१ एवम् जेसिस नेपालगन्जका भाइस प्रेसिडेन्ट जेसिआई अदित्य गुप्ता अध्यक्षतामा आज वृक्ष रोपण गरिएको छ । हिन्दुहरुको महान नयाँ बर्षको अवसर पारी शुभकामना अदान प्रदान तथा बृछारोपन गरिएको हो । शुभकामना अदानप्रदान कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उद्योग बाणिज्य सङ नेपालगन्जका पुर्ब अध्यक्ष नन्दलाल वैश्यले हामी सम्पुर्ण नेपाली जनतले मिलेर देश बिकासमा आफ्नो योगदान दिनु पर्छ । देश बिकासमा खास गरि युवाहरुको मुख्य योगदान हुने बताउनु भयो । साथै उपस्थित भएका समस्त जेसिस परिवारलाई धन्यवाद दिनु भयो । नेपालगन्जको हिन्दु शमशान भुमीमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा नेपालगन्ज उपमहानगर पालिका वडा नम्बर ८ मा सुरेन्द्र गुप्ता बैस्य , सदस्य निखिल कुमार बैश्य , सहित समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x