१४ मंसिर २०८३, आईतवार

नवनियुक्त मुख्यमन्त्री योगी आदित्यनाथलाई नेपाल भ्रमणमा आउन निम्तो

एसीपी संवाददाता

१३ चैत्र २०७८, आईतवार २३:३७ मा प्रकाशित

काठमाडौं । भारतको उत्तर प्रदेशमा दोस्रो कार्यकालका लागि नवनियुक्त मुख्यमन्त्री योगी आदित्यनाथलाई नेपाल भ्रमणमा आउन निम्तो गरिएको छ ।

योगीको सपथ समारोहमा भाग लिन भारत पुगेको नेपाली सांसदको टोलीले नेपाल भ्रमणमा आउन निम्तो दिएको थियो । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहले योगीलाई नेपाल भ्रमणको निम्तो दिइएको जानकारी दिए ।

उनकाअनुसार योगीले कार्यक्रम मिलाएर नेपाल भ्रमणमा आउने प्रतिबद्धता जनाएका छन् । लुम्बिनी र पशुपतिनाथको दर्शन गर्नेगरी योगी नेपाल आउनेछन् ।

उत्तर प्रदेशको मुख्यमन्त्री भएपछि योगी नेपाल आएका छैनन् । उनी नेपाल विश्वका सारा हिन्दुको प्रतिनिधित्व गर्दै हिन्दु राष्ट्र हुनुपर्ने मान्यता राख्दै आएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x