नाका सञ्चालन ठप्प हुँदा पनि नभएको चिनियाँ राजदूत यान्छीको भनाई नेपाली ब्यापारीलाई थप संकट आउने संकेत
नेपाल स्थित चीन दुतावासले फेरी अर्को झुठो प्रचार शुरु गरेको छ । नेपालसँगको कनेक्टिभिटीलाई सदैव उच्च महत्त्व दिएको छ भन्ने नेपालीहरुको बिभिन्न मालवाहक कन्टेनर सिमामै रोकिएको छ । साथै नेपाललाई आवश्यक पर्ने उपभोग्य वस्तु तथा स्वास्थ्य एवम् चिकित्सासम्बन्धी सामग्रीको ढुवानी सुचारु राख्न यथाशीघ्र प्रयास गर्दै आएको बताएको छ । चीन–नेपाल नाका सञ्चालन र मालसामान भन्सार पार गर्ने क्षमतामा बारम्बार प्रतिकूल असर परिरहेको छ ।
अहिले पनि सामान्य अवस्थामा पुग्न सकेको छैन । चीनको केन्द्रीय सरकार र तिब्बत स्वशासित क्षेत्रको सरकारले नाकाहरूको स्थलगत निरीक्षण गरी महामारी रोकथाम र नियन्त्रणको पूर्वसर्तमा नाका सुचारु रूपमा सञ्चालन गर्न र मालसामान भन्सार पार गर्ने क्षमता बढाउने व्यावहारिक उपायको अध्ययन गर्न धेरैपटक कार्यटोलीलाई पठाइसकेको बताएको छ । ईमेल मार्फत भएको चिनियाँ राजदूत होउ यान्छीले यस्तो बताएकी हुन तर यसको ठिक अवस्था उल्टो छ नेपाली ब्यापारीहरु पटक पटक नेपाल सरकार संग यस बारेमा सहयोग माँग गर्दै आएका छन् । तर नेपाल सरकारका अर्थ मन्त्रीले समेत यस बारेमा बोली सक्दा चीनीयाँ राजदुत यान्छीले चीन नाकाबन्दी लगाएको छैन भन्ने कहाँ सम्म सहि हो ब्यापारीहरु आफै अचम्मित छन् ।
पुर्ण रुपमा नाका संचालन नहुँदा नेपाली ब्यपारीहरुको बैंकको ब्याजले साँवा , गाडी, सम्पति समेत संकट उत्पन्न हुन शुरु भएको कुरालाई बिर्सेका रैछन् । उल्टै आरोप लगाउदै यान्छीले केही शक्तिले समय समयमा तथाकथित ‘चिनियाँ नाकाबन्दी’ को कुरालाई चर्चामा ल्याउने गरेका भनीन । जबकी नाकाबन्दीको कुरा चीनले सोच्न सक्दैन बताउँदा इतिहासमा कहिल्यै पनि भएको थिएन, अहिले पनि छैन र भविष्यमा पनि हुनेछैन भनीन ।
चीनको सम्बन्धित निकायले दिएको जानकारीका अनुसार, महामारी सुरुदेखि तातोपानी र रसुवा नाकामा रोकिएका सबै सवारी साधनहरु नेपालमा ढुवानी गरिसकेका छन् र अहिले त्यहाँ कुनै कार्गो पनि रोकिएको छैन् तर केहि ब्यापारीहरु नाका खोल्न पहल गर्न नेपाल सरकारलाई आग्रह गर्दे आएको छन ।


