२१ कार्तिक २०८३, शुक्रबार

नागरिकता मुद्दामा दोषि ठहर लामिछानेविरुद्धको फैसलामा के छ ? [पूर्णपाठ]

एसीपी संवाददाता

१४ माघ २०७९, शनिबार ०९:५२ मा प्रकाशित

काठमाडौं। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नागरिकता मुद्दामा दोषि ठहर गरेको छ । दोषि ठहर भएसँगै लामिछानेको मन्त्री र सांसद पद गुमेको छ ।

सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले कानुनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर गर्दै उनलाई दोषि ठहर गरेको हो ।

लामिछानेविरुद्ध अधिवक्ता रविराज बसौलाले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्ह थिए ।

नेपाल नागरिकता ऐन, २०६३ को दफा १० र ११ लगायत नेपाल नागरिकता नियमावली, २०६३ को नियम ११ बमोजिम तोकिएको प्रक्रिया बमोजिम नागरिकता जारी गर्ने कार्यालयमा गई निवेदन नदिएको पनि अदालतले ठहर गरेको छ ।

327459123_881361706537663_2494294250767085721_n.jpg.jpg327577180_570862551604535_1176048153285949741_n.jpg.jpg327426157_887707162651085_8603347119109114240_n.jpg.jpg326570509_472722028220664_4832813515513098796_n.jpg.jpg327363377_904084877454112_4510794089732396922_n.jpg.jpg

नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x