निर्देशक ओली पर्दामा देखिने पात्र प्रधानमन्त्री प्रचण्ड
ओम आचार्य
१६ जेष्ठ २०८१, बुधबार २०:३९ मा प्रकाशित<
ओम आचार्य
नेपालको राजनीति त्यति खेर देखी बिग्रियो जव( एकिकृत नेकपा ) माओवादी ,एमाले लगायतको गठवन्धन थियो ! त्यो गठवन्धन भंग भएको मीति देखी नै के पी ओलीले त्यस पछि निर्माण भएको काग्रेस माओबादी, नेकपा समाजबादी लगायतको गठवन्धन को सरकार लाइ भंग गराउन छिद्रहरु र त्यस दल भित्र रहेका छुद्र नेताहरुको खोजिमा निरन्तर रहे ! त्यसैको परिणाम हो अहिलेको गठवन्धन सरकार !
अहिलेको राजनीति सिध्दान्त निष्ठा र विचारको भएकै छैन !अहिलेको राजनीति भएको छ त द्वैष र बदलाको भावनाले ओत प्रोत ! दलका नेताहरुले प्रयोग गर्ने भाषा र शैली सुन्ने र हेर्ने हो भने यस्ता नेताहरुबाट प्राप्त गणतन्त्र को कवचको रुपमा लिन नै सकिन्न्दैन !
के पी ओली मा यो भाव अहिले प्रवल रुपमा देखिएका छ ! उनलाइ काग्रेस सभापती शेरबाहादुर देउवाले राजनीतिक दल सम्बन्धी नियममा ४० लाइ संशोधन गरी २० प्रतिशतमा झारेर माधव नेपाललाइ पाटी फुटाउन सहज वनाएकोमा !ृअर्को दिन पुन ४० प्रतिशतमै पुर्याए ! यही कारणबाट देउवा प्रती द्वेस र बदलाको भाव के पी ओलीमा कणकणमा छ ! हुन सक्छ भोलीका दिन मा पुन केपी ओली यही बाटो पकडेर राजनिक दल सम्बन्धी कानुन संशोधन गरेर पुन २० प्रतिशतमा आउन सक्छन र भएका दलहरु फुटाउने र फुटेका तर विधिवत दलमा परिणत हुन नसकेका दलहरुलाइ सहज बाटो वनाउने ! यसो गर्दा उनि संसदमा ठुलो दल हुन सक्छन या हुने प्रयास गर्छ! यदी यस्तो भयो भने द्वेष र बदलाको राजनीति नै हुन सक्छ !
के पी ओलीको काग्रेस फुटाउने रणनीति हो भने त्यो काग्रेस भित्र हुने संभावना अत्यन्त न्युन छ ! कारण काग्रेस को चरित्र र निष्ठाको छविलाइ हेर्दा संकटमा सधै एक भएको काग्रेसको इतिहास छ ! जस्तो अहिलेको गठवन्धन सरकार एकोहोरो रुपमा काग्रेस तिर खनिएको छ भने काग्रेस पनि एक भएर सडक र सदनमा सरकार विरुध्द देखिएको छ!
वर्तमान गठवन्धन वन्नु भन्दा पुर्व काग्रेस र एमालेको गठवन्धन
गर्ने विसयमा दुवै दलका शिर्ष नेताहरुमा छलफल र विचार विमर्श भएको हो ! गठवन्धन कसरी गर्ने यही कुरामा दुइ दलको विच फरक धारणाले त्यस्ले मुर्त रुप लिन सकेन ! एमाले भन्ने धारा २ अनुसार गठवन्धन गरौ काग्रेस सभापति धारा ३ ठुलो दलको हैसियतले सरकार वनाउदै गठवन्धन गरौ भन्ने यही कुराले सायद एमाले र काग्रेसको गठवन्धन हुन नसकेको अहिलेको घटनाक्रम ले देखिन्दैन छ!
के पी ओलीको रणनीतिफाईल तस्बिर । नेकपा एमालेका अध्यक्ष ओलि
अहिलेको सरकारलाइ गठवन्धनको सरकार त भनिएको छ! तर सरकारको शैली र अन्यदल प्रतीको प्रस्तुती हेर्दा एक दलिय सरकार अर्थात एमालेको सरकार भन्नु पर्ने हुन्छ! प्रधानमन्त्री माओवादीका प्रचण्ड रहे पनि गृहमन्त्री रा स्व पा को रहे पनि सरकारमा पुरै कमान्ड एमालेका के पी ओलीको छ!के पी ओलीको रणनीति अन्य दललाइ फुटाउने, फुटाउन नसके त्यो दललाइ र त्यो दल प्रती जनतामा निराशा र वितृष्णा र केही गर्न नसक्ने दलको रुपमा पुर्याउने नै हो !
अहिले गठवन्धन को सरकारले संसदमा विपक्षी दल प्रती जसरी प्रस्तुत भइरहेको छ! त्यसमा सबै भन्दा ठुलो क्षती माओवादी दल र त्यस दलका प्रधानमन्त्री प्रचणड र रा स्व पा का गृहमन्त्री रहेका रवि लामीक्षानेमा हुने देखिन्छ ! अहिले विपक्षी दलको कुरा नसुन्ने र अधिनायकवादी रुपमा प्रस्तुत हुदै पेलेर लाने र नागरीकलाइ शुशासन र अमन चैन दिने सन्दर्भमा देखिन्दै नदेखिने गरी पात्रको रुपमा प्रचण्ड र गृहमन्त्री छन ! के पी ओली त निर्देशक हुन निर्देशक त पर्दामा देखिन्दैनन ! के पी ओली यही रणनीति अख्तियारी गर्दै यी दुृइ दललाइ जनमानसमा र नेपालको राजनीतिमा असफल दलको रुपमा चिनाउनु रहेको छ !विशेष गरेर नेपालको राजनीतिमा त्यो पनि विशेश गरेर वाम राजनीतिमा माओवादीदल लाइ कमजोर र असफल दलमा पुर्याएर एमाले ठुलो दलको रुपमा पुग्ने अभियानमा रहेको छ !
अर्को कुरा गृहमन्त्री अथवा प्रधान मन्त्री दुइमा कुनै एकले राजीनामा दिए सरकार भंग हुने अवस्था छ! यही अवस्था र परिस्थितीमा पुर्याउने के पी ओली को रणनीति हो ! यो अवस्थामा आएर जुन दलको प्रतिनिधी भएर सरकारमा सहभागी भएका छन त्यो दल भित्र गृहमन्त्री मात्रै पनि राजिनामा दिए प्रचणड सरकार गिर्ने मात्रै हैन असफल प्रधानमन्त्रीमा आफ्नो अभिलेख राख्छन ! र त्यस पछी माओवादी अन्य कुनै दल संग मिलेर गठवन्धन सरकार वनाउने अवस्थामा पनि हुदैन ! काग्रेस नेता रमेश लेखक ले भने जस्तै” सबै दलले विश्वास गर्न छोडे के हुन्छ ” त्यही अवस्था हुने देखिन्छ!!
काग्रेसले ठुलो दलको हैसियतले सरकार वनाउ भनेकै कारण के पी ओली अहिले संसदमा ठुलो दल हुन जस्तो सुकै राजनीति निर्णय गर्नु परे पनि र जस्तो सुकै अप्राकृतिक राजनीति गर्नु परे पनि त्यो हद सम्मै जाने स्थिती एमाले को सोच र विचार छ ! यो सोच र विचारलाइ यथार्थ र वास्तविकतामा पुर्याउन प्रधानम्त्री प्रचण्ड र गृहमन्त्रीलाइ हदै सम्म उपयोग गरेर उनिहरुको श्रमलाइ खर्च गर्दै आफ्नो लक्ष्य साधन गरेर केपी ओली तृप्त हुन चाहान्छन !
काग्रेस भित्र एमालेसंग गठवन्धन गरेर सरकार वनाउने केही दिन देखीको विचार अहिले के पी ओलीको सबै दलहरुलाइ डोमिनेट गर्ने शैली र एकल नेतृत्वमा हावी हुने प्रवृतीबाट झस्केका पनि होलान ! जुन प्रयोजन र लक्ष्यलिएर गठवन्धन गर्ने विचार काग्रेसको छ त्यो पनि के पी ओलीको अहिलेको अधिनायक प्रवृती र लोकतन्त्र ,प्रेस स्वतन्त्रता प्रती अनुदार रहनुले पनि काग्रेस संग एमालेको गठवन्धन काग्रेसको लागी लोकतन्त्रको लागी राजनीतिक निर्णय हुन नसक्ला!
अर्को कुरा कथंकदाचित एमाले ठुलो दलमा परिणत भए भोली के पी ओली ले काग्रेसंग ठुलो दलको हैसियतले गठवन्धन गर्दै सरकार वनाउ भन्दा काग्रेस त्यतिखेर के गर्छ?
के पी ओलीको रणनीति यसै प्रयोजनकोलागी अघि बडिरहेको छ!
अहिलेको गठवन्धनको सरकार काग्रेस तिर खनिएको छ! काग्रेसमा पनि पाटी सभापति शेर बाहादुर देउवा प्रती र उनका परिवार प्रती लक्षित छ ! शेर बाहादुर देउवा र उन्का परिवार प्रती गठवन्धन को सरकार पुरै विरुध्दमा छ ! यो मात्रै द्वेस र वदलाको भावले ग्रसित छ! अहिले को गठवन्धन सरकार राजनीतिक चरित्रले प्रस्तुत हुनु भन्दा पनि वदला र द्वैषले अगाडी बडेको छ ! यो नै कारण हो देउवा परिवार प्रती को गठवन्धन सरकार! याहा नेर काग्रेसले बुज्नु पर्छ यो आक्रमण यो द्वैष र बदलाको भाव समग्र काग्रेसमा हो भनेर ! देउवा मा मात्र हैन यस्को वडी असर र प्रभाव काग्रेसमा पर्छ र क्षति काग्रेसमा नै हुन्छ! यस्तो घृर्णित राजनीतिलाइ परास्त गर्न यबै काग्रेसले म माथिको आक्रमण हो काग्रेस प्रतीको आक्रमण हो भनेर मनन गरेर धारण गरेर एक जुट हुनु पर्ने अहिलेको राजनीति ले निर्देशित गर्दैछ!