४ बैशाख २०८१, मंगलवार

नेकपा संगठनमा १० जना थप

एसीपी संवाददाता

२१ माघ २०७६, मंगलवार ०७:४२ मा प्रकाशित

माघ २१ गते एजेन्सी । नेकपाको संगठन विभागमा १० सदस्य थप भएका छन् । योसागै संगठन विभाग १५ सदस्यीय भएको छ । तर, पार्टी नियमावलीअनुसार विभाग अझै अपूरो छ । पार्टी नियमावलीमा विभागहरू ३५ सदस्यीय रहने व्यवस्था छ ।
केन्द्रीय समितिको बैठक समापन हुनुअगाडि आइतबार बसेको सचिवालय बैठकले विभागमा १० सदस्य थपेको हो । संगठन विभागमा थपिएका सदस्यहरुमा शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, मातृका यादव, सत्यनारायण मण्डल, खगराज भट्ट, सुदन राई, जगप्रसाद शर्मा र रेखा शर्मा छन् । शंकर पोखरेल प्रदेश ५ र पृथ्वीसुब्बा गण्डकी प्रदेशका मुख्यमन्त्री हुन्
साउन ३ गते नेकपाले संगठन विभागमा बामदेव गौतम प्रमुख र जनार्दन शर्मा उपप्रमुख रहने निर्णय गरेको थियो । त्यसपछि असोज २९ गते दोस्रोपटक संगठन विभाग विस्तार गरी अक्ष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई सदस्य बनाइएको थियो । तेस्रोपटक माघ १९ गते विभागा १० सदस्य थपिएका हुन् । आइतबार सकिएको केन्द्रीय समिति बैठकले विधान संसोधन गर्दै गौतमलाई उपाध्यक्ष बनाएको छ ।
विस्तारित संगठन विभागको बैठक सोमबार बसेको सदस्य अष्टलक्ष्मी शाक्यले बताइन् । बैठकमा विभाग प्रमुख बामदेव गौतमले केन्द्रीय समितिबाट कार्ययोजना पारित भएको र अब फटाफट काम गर्नुपर्ने दायीत्व आएको बताएका थिए ।
यसबाहेक बैठकले महानगर कमिटीलाई सीधै प्रदेश समिति मातहत ल्याउने गरी विधान संसोधन गर्न पार्टीलाई सुझाव दिएको छ । जिल्ला र महानगर दुवै समितिमा केन्द्रीय सदस्य इन्चार्ज थिए, जसले को कसको नेतृत्वमा रहने भन्ने समस्या महानगर रहेका जिल्लामा देखिएको थियो ।
उपाध्यक्ष र संगठन विभाग प्रमुख रहेका गौतमले पार्टी संगठनको धेरै जिम्मा पाएका छन् । यसअघि नै नेकपाको केन्द्रीय सचिवालयले संगठन विभागलाई शक्तिशाली बनाएको परिपत्र पठाएको थियो ।इ कान्तिपुर्रर्ले समाचार प्रकाशित गरेको  ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x