नेपालको शानदार जित
ओपनर कुशल भुर्तेल र शीर्षक्रमका ब्याट्सम्यान आरिफ शेखको अर्धशतकमा नेपालले आईसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीमाथि ७ विकेटको शानदार जित हात पारेको छ ।
१ सय ७४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ३७ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालको जितमा शीर्षक्रमका ब्याट्सम्यान आरिफ शेख १ सय २ बलमा ४ चौकासहित सर्वाधिक ५९ रनमा अविजित रहे । आरिफको यो ओडिआई करिअरको पहिलो अर्धशतक हो ।
ओपनर कुशल भुर्तेल ६४ बलमा ४ चौका र १ छक्कासहित ५० रनमामा स्टम्पिङ आउट भए । कुशलको यो ओडिआई करिअरको दोस्रो अर्धशतक हो ।
युवा ब्याट्सम्यान रोहित कुमार पौडेल ४८ बलमा ४ चौकासहित ४४ रनमा अविजित रहे । ओपनर आसिफ शेख २ रनमै आउट भए भने दीपेन्द्रसिंह ऐरी चाद सोपरबाट शून्यमा आउट भए ।
पपुवा न्युगिनीका लागि चाल्र्स अमिनीले २ र मोरेवाले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै १ सय ७३ रन जोड्यो ।
पपुवा न्युगिनीका लागि कप्तान असाद भालाले सर्वाधिक ४५ रनको योगदान गरे । लेगा सियाका २० तथा सेसे वाउ १९ रनमा आउट भए ।
नेपालका लागि कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई–दुई विकेट हात पारे । करण केसी, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र पवन सर्राफले एक–एक विकेट लिए ।
यस त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई २ विकेटले हराएको थियो । युएईसँग ४८ रन र ९९ रनले पराजित भएको थियो ।
नेपालले अब घरेलु मैदानमा पपुवा न्युगिनीसँग दुई ओडिआई सिरिज खेल्नेछ । जुन शुक्रबार र शनिबार हुनेछ । त्यसपछि नेपाल, पपुवा न्युगिनी र मलेसियाबीच टि-२० आई सिरिज हुनेछ ।


