नेपालगञ्ज उपमहानगरपालिका वाड नं ११ मा सडक निर्माण कार्य तीब्र
श्याम कुमार शाहु , नेपालगन्ज – नेपालगञ्ज उपमहानगरपालिका वाड नं ११ मा सडक निर्माण कार्य तीब्र पारिएको छ । बिगत कैयो बर्ष बाट स्थानीयहरुको अवरोधका कारण निर्माण कार्य अवरोध हुदै आएको थियो ।
वडा कार्यालयको सक्रियतामा निर्माण कार्य प्रगति तर्फ बढदै गएको वडा सदस्य राजेश बैश्यले जानकारी दिनु भयो । बाटो सङै ढल निकास , नालीको निर्माण पनि छिटोछरितो सप्पन्न हुनेमा बैश्यले बिश्वास लिएका छ्न ।

नेपालगन्ज वार्ड नं ११ का सदस्य राजेश कुमार वैश्य ले भन्छन् की यस वार्डमा अरुले नगरेको र रोकिएको कार्य सप्पन्न गराउन लागि परेको बताउनु भयो । वडा बासीहरुको सहयोग माया पाएकोले आफू काम गर्न हिम्मत गरेको बताउनु भयो । पासाङ ल्हामु रोड पनि अहिले यति वर्ष सम्म नगरेको काम पनि सफलता पुर्वक गराउने प्रयास गर्छु तर स्थानीयको संपूर्ण सहयोगमा जनताको मुख्य भुमिका हुने बैश्यले बताउनु भयो । राप्रपा बाट चुनाव जितेका वैश्य अहिले निकै सक्रिय देखिन्छन् । जनताको बिश्वासमा हाम्रो कार्यालयले विभिन्न निर्णय लिदै जाने र सधै जनताको हक हितमा काम गर्दै जाने प्रतिबद्धता जनाउनु भयो । स्थानीय निकायमा जनताले हरेक सेवा सुबिधा घर दैलोमा दिने अभियान अन्तरगत बिकास निर्माण , सेवा सुबिधा , व आवश्यक पहल गर्न हामी सक्रिय रहने बताउनु भयो ।


