१३ मंसिर २०८३, शनिबार

नेपालगन्जको त्रिभुवन चोकमा पुनः राजा त्रिभुवनको शालिक पुनर्स्थापना

एसीपी संवाददाता

८ फाल्गुन २०७८, आईतवार ०५:०१ मा प्रकाशित

नेपालगन्जको त्रिभुवन चोकमा पुनः राजा त्रिभुवनको शालिक पुनर्स्थापना गरिएको छ।

प्रजातन्त्र दिवसको अवसरमा आज हिन्दुवादी तथा नेपालगन्ज नगरवासीको अगुवाइमा त्रिभुवनको शालिक पुनर्स्थापना गरिएको राप्रपाका युवा नेता एबम नेपालगन्ज ४ का अध्यक्ष मो. सफिक बेहनाले जानकारी दिएका छन् ।

वि.सं २०६२/६३ को आन्दोलन ताका तोडफोड गरिएको  त्रिभुवनको शालिक करिव १४/१५ बर्ष पश्चात्  पुनः शालिकको पुनर्स्थापना गरिएको हो।

शालिक पुनर्स्थापनासँगै आजै त्रिभुवन चोकमा दिप प्रज्वलन समेत गरिएको छ। राजा त्रिभुवनको शालिकमा दिप प्रज्वलन गर्दै राजा आउँ देश  बचाउको समेत नारावाजी गरेका थिए।

त्रिभुवन चोकमा पुनर्स्थापना गरिएको शालिक हटाइएमा त्यस विरुद्ध कडा प्रतिकार गर्ने चेतावनी अध्यक्ष बेहनाले बताए।नेपालको राणा शासन हटाउन उल्लेखनीय योगदान गरेका त्रिभुवनको शालिक पुनर्स्थापना भएकोमा सिङ्गो नेपालीवासी खुशी भएको बेहनाले बताए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x