नेपालगन्जमा फोटो फेस्टिवलको चौथो संस्करण
नेपालगन्ज फोटो फेस्टिवलको चौथो संस्करण नेपालगन्जमा सुरु भएको छ । अन्तरालको आयोजनामा हुने उक्त फोटो फेस्टिवलमा फोटो प्रर्दशनीसंगै फोटोग्राफि तालिम पनि सन्चालन हुने भएको छ । फेस्टिवलमा राष्ट्रिय फोटो प्रतिस्पर्धामा देशभरवाट सहभागी फोटो मध्ये निर्णायक मण्डलले छनौट गरेका १ सय ११ फोटो प्रदर्शनीमा राखिएको अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए । 
वरिष्ठ फोटो पत्रकार विकास कार्कीको नेतृत्वमा बरिष्ठ फोटोग्राफर रमेश मल्ल र फोटो पत्रकार केशव थोकर सदस्य रहेको निर्णायक मण्डलले उक्त फोटोहरु छनौट गरेको हो । साथै फेस्टिवलको कोअर्डिनेटरको जिम्मेवारी पत्रकार निशु जोशीलाई प्रदान गरिएको छ । जोशीले फेस्टिवलको दोस्रो संस्करणमा वर्ष फोटो उपाधी जितेकी थिइन् । यसैगरी पहिलो संस्करणमा रुकुमका मैत्या घर्ती मगर र तेस्रो संस्करणमा मुगुका पत्रकार राज बहादुर शाहीले उपाधि जितेका थिए ।


