प्रजातान्त्रिक उद्योग बाणिज्य संघको तर्फबाट अध्यक्ष पदका उम्मेदवार रौनियार नेतृत्वको टोलीले चुनावी अभियानलाई तीब्र पारेको हो । नेपालगन्जका स्थायीबासी समेत रहेका रौनियार स्थानीय माझ लोकप्रिय छन् ।
बुधबार घरदैलो गरेको टोलीले आज पनि बिहानैदेखि नगरको त्रिभुवनचोक क्षेत्रमा चुनावी प्रचारप्रसार गरिरहेको अध्यक्षका प्रत्याशी रौनियारले बताए । उनले भने-`अधिकांश व्यापारीको भनाई स्थानीयलाई जिताउनुपर्छ भन्नेछ । त्यसका हिसाबले मप्रति धेरैको सहानुभूति छ ।´ रौनियारले लामो समयदेखि व्यवसायिक हकहितमा वकालत गर्दै आएका छन् ।
पदमा नभए पनि रौनियारले नेपालगन्जका व्यवसायीहरुको सवालमा वकालत गर्दै आएका छन् । `व्यवसायिक हकहितको सवालमा मेरो कुनै सम्झौता हुन्न,’ उनले भने-`नेपालगन्ज उद्योग बाणिज्य संघमा देखिएको बेथितिलाई थिति बसाल्न मेरो उम्मेदवारी हो ।´ स्थानीय अधिकांश व्यवसायी रौनियारको पक्षमा देखिएका छन् ।