२४ फाल्गुन २०८२, आईतवार

नेपालगन्ज उप महानगरपालिका अन्तर्गत सरोकारवाला संग सार्वजनिक सुनुवाइ

एसीपी संवाददाता

११ पुष २०७६, शुक्रबार ०२:२६ मा प्रकाशित

बाँके, पुस १० गते ।
नेपालगन्ज उप महानगरपालिकाले प्रदान गर्ने सेवा र सुबिधाको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ ।
बास नेपालगन्जको सहजीकरण र नेपालगन्ज उपमहानगरपालिकाको मुख्य आयोजनामा सुनुवाइ कार्यक्रम भएको हो ।


बिहिवार भेरी प्राबिधिक शिक्षालयको भवनमा संबंधित निकाय सरोकारवाला र स्थानियहरुका बिच छलफल भएको हो।
सरोकारवालाहरुमा नेपालगन्ज उप महानगरपालिकाको मेयर डा. धवल शम्शेर राणा, उप मेयर उमा थापा मगर, र नेपालगन्ज उप महानगरपालिका अन्तर्गत रहेका वडा अध्यक्षहरुको उपस्थितिमा कार्यक्रमको कार्यनयन गरिएको थियो ।
कार्यक्रममा वडा ग्राही स्थानियहरु आफ्नो वडाको समस्य र गतिविधिहरुलाई सम्बोधन गर्दै सभा बीच वडा अध्यक्ष र मेयर डा राणा संग आफनो समस्य खडा गरे ?
वडा न. ७ का स्थानियले नेपालगन्ज उपमहानगरपालिका खुला दिसा मुक्त घोषण गरिसक्दा पनि त्रिभुवन चोकमा रहेका खडेरिहरुका सेप्टिकको पाइपलाई सिधै नालामा निकासी गरेको, पुरैनीको स्थानियले तिलक राम यादवले सम्बन्धि निकाय बाट सुबिधा न पाएको भन्दै आफ्नो कुरा राखेका हुन, सेतु बिक चोकमा पनि केही न राम्रो घाटनाहरु घटी रहेको कुरा पनि आएका छन,भने भिर्कुटि नगरमा नाला बाटो निर्माणको कुरामा आफ्न गुनासो राखेका छन । नेपालगन्जमा रहेका केही सुभ चिन्तकहरुले नेपालगन्जमा रहेका स्कुल तथा बिद्यालयहरुको अगाडी नेपालको बिधान अनुसार २०० मिटर नजिक धूम्रपान तथा मध्यपानको बिक्रि निषेध उल्लेख हुँदा पनि बिक्रि भइ रहेको र नेपालगन्जको लागि चुनौती रहेको स्थानीय ले गुनासो गरेका छन । नेपालगन्ज उप महानगरपालिका अन्तर्गत रहेका खाने पानी ट्यांकी थन्किएको कुरा पनि स्थानिय तह बाट उठेको हो ।
भने सरोकारवाला मेयरले खाने पानी हाम्रो नगर अन्तर्गत काम न रहेको भन्दै उत्तरले सम्बोधन गरेका हुन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x