नेपालमा हिन्दू हरुको बिचार आयतित हो भन्दै माननीय राइले दिए बिवादित बयान।
काठमाडौं — नेपालमा हिन्दू हरुको बिचार आयदित हो भन्दै माननीय मोहम्मद ईस्तियाक राइले दिए बिवादित बयान दिएका छ्न ।नेपालको ऐतिहासिक पहिचान र राजनीतिक बहस चर्किँदै नेपालको धार्मिक तथा सांस्कृतिक पहिचानलाई लिएर बहस पुनः चर्किएको छ ।
नेपाल ऐतिहासिक रूपमा हिन्दू हरु बहुल्ययता रहेको दाबी गर्दै विभिन्न धार्मिक, सांस्कृतिक तथा भौगोलिक आधार हिन्दु अधिकान्स बस्ती रहेको छ । केही इतिहासविद् तथा राजनीतिक व्यक्तिहरूले नेपाललाई हिन्दू राष्ट्रका रूपमा परिभाषित गर्नु उचित नभएको तर्क गर्दै आएका छन्।
हिन्दू पक्षधरहरूले नेपालका नदी, ताल, हिमाल, पहाड, गाउँ–नगर तथा विभिन्न स्थानका नाम, धार्मिक स्थल, प्रशासनिक कार्यालयमा रहेका मन्दिर, खानपान, रहनसहन, संस्कार, परम्परा र चाडपर्वमा हिन्दू तथा सनातन संस्कृतिको गहिरो प्रभाव रहेको दाबी गरेका छन्।
तर अर्कोतर्फ, केही कथित इतिहासविद्हरूले नेपाललाई ऐतिहासिक रूपमा हिन्दूहरु कुरा नमान्ने दाबीमाथि प्रश्न उठाउँदै आएका छन्। यही क्रममा प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईले हिन्दुत्वको विचार आयातित विचार भएको र हिन्दू सेनासँग सम्झौता गर्नु गलत भएको धारणा व्यक्त गरेको भन्दै उनको भनाइलाई लिएर पनि बहस भइरहेको छ।
राईको भनाइसँग असहमति जनाउने हिन्दू राष्ट्र पक्षधरहरूले भने प्रश्न उठाएका छन्—यदि नेपालले आफ्नो धार्मिक–सांस्कृतिक पहिचानका आधारमा हिन्दू राष्ट्रको अवधारणा स्वीकार गर्दैन भने सुरक्षा तथा रणनीतिक सहकार्यका लागि विकल्प के हो?
उनीहरूले बहसका क्रममा विभिन्न अन्तर्राष्ट्रिय सशस्त्र तथा आतंकवादी संगठनहरूको नामसमेत उल्लेख गर्दै “हिन्दू बिचार अवधारणामाथि प्रश्न उठाउँदा नेपालले कस्तो सुरक्षा तथा वैदेशिक नीति अपनाउने?” भन्ने प्रतिप्रश्न गरेका छन्।
यद्यपि, कुनै पनि संगठनसँग नेपालको सुरक्षा वा कूटनीतिक सहकार्यको तुलना गर्दा तथ्य, आधिकारिक नीति र अन्तर्राष्ट्रिय कानुनका आधारमा बहस गर्नुपर्ने हुन्छ। साथै, नेपालका स्थाननाम, धार्मिक परम्परा तथा ऐतिहासिक पहिचानसम्बन्धी दाबीहरूलाई प्रमाणित गर्न ऐतिहासिक तथा पुरातात्त्विक स्रोतको अध्ययन आवश्यक हुन्छ।
नेपाल हिन्दू राष्ट्रको ऐतिहासिक पहिचान बोकेको मुलुक हो कि बहुधार्मिक, बहुसांस्कृतिक राष्ट्रका रूपमा यसको पहिचानलाई बुझ्नुपर्छ भन्ने बहस भने अझै जारी छ। यस विषयमा पाठकहरूले पनि तथ्य, इतिहास र प्रमाणसहित आफ्ना विचार राख्न सक्नेछन्।
नेपालगन्ज बाट आफ्नो अधिवक्ता पेशा गर्दै आउनु भएका बाके निवासी तथा राजनीतिज्ञ विशेषज्ञ
राम कुमार दीक्षितको भनाइ समाजिक संजालमा पोस्ट

नेपाल ऐतिहासिक रूपले हिन्दू राष्ट्र हो, यसका सम्पूर्ण लक्षणहरु सनातनी हिन्दू हुन.
प्रमुख लक्षणहरू-
# नेपालमा करीब 7000 नदी छन एउटा पनि नदी नाला को नाम इस्लामिक वा क्रिश्चियनिटी को आधारमा छैन.
# नेपालको गाउं नगर वा महानगरपालिका मध्ये एउटा पनि पालिका को नाम इस्लामिक वा क्रिश्चिनियटी संग मिल्दैन.
# नेपाल का बिभिन्न ताल पोखरी मध्ये एउटा पनि नाम हिन्दू बाहेक अन्य सँग मिल्दैन.
# नेपालका बिभिन्न प्रशासकीय कार्यालयहरूमा हिन्दू देवी देउता का मन्दिर स्थापित छन.
# नेपालका लाखौँ गाउंमध्ये एउटा गाउंको नाम हिन्दू बाहेक अन्य संग मिल्दैन.
# नेपालमा अवस्थित एउटा पनि हिमाल वा पहाड को नाम इस्लामिक वा अन्य संग मिल्दैन.
# नेपालको खान पान, रहन सहन, रीत रिवाज, संस्कृति परम्परा सबै हिन्दू शैलीमा छन
नेपालका चौक, चौराहा, उद्यान बाटो घाटो को नाम पनि हिन्दु नै छन.
# कृतज्ञता ज्ञापन गर्ने परम्परा हिन्दू जीवन शैलीमा नै पाईंछ.जस्तै- गाईलाई माता भनेर, धरतीलाई माता भनेर, अतिथिलाई देवता मानेर आदि. यी सबै नेपाल का मौलिक सँस्कार हुन र यही सँस्कार नेपालको पहिचान हो”हिन्दू राष्ट्र”
## यस्तै बिभिन्न लक्षणहरू छन नेपाल लाई हिन्दू राष्ट्र प्रमाणित गर्नका लागि. छुटेका लक्षणहरू कमेंटमा लेख्नुहोला.
केही सो काल्ड इतिहासविद भन्छन- नेपाल हिन्दू राष्ट्र होईन. जनक सीता को अस्तित्व नै छैन.
साँसद मोहम्मद ईश्तियाक राई भन्छन- हिन्दुत्व को बिचार आयातित बिचार हो. हिन्दु सेना सँग सम्झौता गर्नु गलत हो.
अब प्रश्न उठछ- हिन्दू राष्ट्रमा हिन्दू सेना संग न गरे के लश्करे तोयबा संग गर्ने? कि जैश-ए- मोहम्मद संग गर्ने? कि बोको हराम, हमास, तहरीक-ए तालिबान, हिजबुल मुजाहिद्दीन, इस्लामिक स्टेट, अल कायदा संग गर्ने???




