१४ मंसिर २०८३, आईतवार

नेपाली कांग्रेस बाँकेको सभापतिमा चार जनाको उम्मेदवार

एसीपी संवाददाता

१४ फाल्गुन २०७८, शनिबार ०९:१८ मा प्रकाशित

नेपाली कांग्रेस बाँकेको सभापतिमा चार जनाले आफ्नो उम्मेदवारी दिएका छ्न । नारायणप्रसाद गौडेल, सुरेन्द्र हमाल, बादशाह कुर्मी र सुनिल नरसिंह राणाले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन ।

मनोनयन दर्ता स्थल जिल्ला समन्वय समिति पुगेर चारै जना नेताले उम्मेदवारी दर्ता गराएका हुन् । गौडेल संस्थापन इतर तथा हमाल, कुर्मी र राणा संस्थापन समूहका नेता हुन् ।

गौडेलले प्यानलसहित उम्मेदवारी दर्ता गराउँदा संस्थापन समूहले भने सभापति बाहेक अन्य पदमा मात्र प्यानल दर्ता गरायो । सभापतिमा सहमति जुट्न नसकेपछि सभापतिमा संस्थापनबाटै तीन जनाको उम्मेदवारी परेको हो । गौडेलको प्रस्तावकमा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी र समर्थकमा कांग्रेस बाँकेकी सभापति किरण कोइराला छिन् । गौडेलले शुरुमै उम्मेदवारी दर्ता गराएका थिए ।

दोस्रोमा उम्मेदवारी दर्ता गराएका हमालको समर्थकमा नरेन्द्र थापा र प्रस्तावकमा रोशनकुमार श्रेष्ठ छन् । तेस्रोमा उम्मेदवारी दर्ता गराएका कुर्मीको प्रस्तावकमा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति नक्की खाँ र प्रस्तावकमा सचिव ज्ञान बहादुर वली छन् । चौथोमा उम्मेदवारी दर्ता गराएका राणाको प्रस्तावकमा नवीनकुमार भट्ट र समर्थकमा युवराज शाह छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x