१४ मंसिर २०८०, बिहीबार

नेपाली बजारमा आज सुनचाँदीको मुल्य कति ?

एसीपी संवाददाता

२० पुष २०७६, आईतवार ०८:५६ मा प्रकाशित

बाँके, पुस २०
नेपालको बजारमा दैनिकरुपमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

तोलामा एक हजार रुपैयाँले बढेर आइतबार छापावाला सुन प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा किनबेच भएको छ ।
नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च रहेको र शुक्रबार मात्रै छापावाला सुन प्रतितोला ७४ हजार ५ सय रुपैयाँमा किनबेच भएर रेकर्ड बनाएको थियो ।

बजारमा सुनको मूल्य एक्कासी बढ्नुको दुई कारण भएको विश्लेषण गरिएको छ । एकातिर भारतीय मुद्रा कमजोर भइ डलर महंगो हुँदा सुनको मूल्य बढ्न गएको छ भने अर्कातिर ईरान र अमेरिकाबीच तनाव उत्पन्न भइ सुनको भाउ एक्कासी बढ्न गएको देखिन्छ । बजारमा तेजावी सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ भने चाँदी प्रतितोला नौ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x