४ आश्विन २०८३, आईतवार

नेपाली भाषी लीलबहादुर क्षेत्री भारतको प्रतिष्ठित ‘पद्मश्री पुरस्कार’ बाट सम्मानित

एसीपी संवाददाता

२३ कार्तिक २०७८, मंगलवार ०२:४० मा प्रकाशित

२३ गते कात्तिक २०७८ ।  नेपाली भाषी लीलबहादुर क्षेत्री भारतको प्रतिष्ठित ‘पद्मश्री पुरस्कार’ बाट सम्मानित भएका छन् ।

नयाँ दिल्लीस्थित राष्टपति भवनमा सोमबार भारतीय राष्ट्रपति रामनाथले भारतको आसममा बस्दै आएका क्षेत्रीलाई पद्मश्री पुरस्कारबाट सम्मानित गरेका हुन् ।

प्रत्येक वर्ष गणतन्त्र दिवसको अवसरमा प्रदान गरिने यो पुरस्कार अघिल्लो वर्ष भारतमा बढेको कोरोना भाइरसको महामारीका कारण वितरण गरिएको थिएन ।

अघिल्लो र यस वर्षका पुरस्कार सोमबार दिल्लीमा आयोजित विशेष समारोहमा राष्ट्रपति कोबिन्दले पद्मश्री पुरस्कार प्रदान गरेका हुन् ।

साहित्यकार क्षेत्रीले लेखेको ‘बसाइँ’ सर्वाधिक चर्चित कृति हो। यो उनको पहिलो उपन्यास हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x