१४ मंसिर २०८३, आईतवार

पाकिस्तानमा फेरि हिन्दू धर्मावलम्बीको मारी माता मन्दिरमा तोडफोड

एसीपी संवाददाता

२९ जेष्ठ २०७९, आईतवार ०२:३७ मा प्रकाशित

एजेन्सी –  पाकिस्तानको सिन्ध प्रान्तको राजधानी कराँचीको कोरङ्गी क्षेत्रमा बुधबार हिन्दू धर्मावलम्बीको मारी माता मन्दिरमा तोडफोड भएको छ । मन्दिरमा रहेको मुर्तिलाई अपवित्र गरिएको खबर पनि आएको छ ।

प्रहरीले यस मामिलामा एफआइआर दर्ता गरेर कानुनि कारवाही अगाडि बढाए पनि आक्रमणपछि उक्त क्षेत्रमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरुमा डरको माहोल सृजना भएको छ ।

अखिल कराँची मद्रासी हिन्दू पञ्चायतका अध्यक्ष एसके शमीमले भने, “अज्ञात व्यक्तिहरुको समूह बन्दुक लिएर मन्दिर परिसरमा प्रवेश गरेको थियो । उनीहरूले मन्दिरका पुजारीलाई बोलाउनुहोस् वा कुनै ठूला व्यक्तिलाई ल्याइदिनु भनेका थिए । यो संयोग हो कि त्यतिबेला त्यहाँ कोही थिएनन् । उनीहरुले मन्दिरको रंग र सरसफाई गर्ने बालबालिकालाई धम्की दिए ।”

बालबालिकाहरुलाई धम्की दिएपछि उनीहरुले पहिला भगवान हनुमान मन्दिर र त्यसपछि गणेश मन्दिर भत्काए र फेरि आउछौँ भनेर फिर्ता गएको स्थानीयहरुले बताएका छन् ।

अखिल कराँची मद्रासी हिन्दू पञ्चायतका सदस्य र स्थानीय बासिन्दा सञ्जीव कुमारले भने, “हामी सन् १९६१ देखि यस क्षेत्रमा बस्दै आएका छौं । यहाँ यस्तो पहिले कहिल्यै भएको थिएन ।”

कराचीमा करिब एक सय तमिल हिन्दू परिवारहरू बसोबास छ । जसमध्ये १५ परिवार कोरङ्गी क्षेत्रमा र बाँकी मद्रासी पारामा बस्छन् । मद्रासी पारा कराँची क्यान्टोनमेन्टको छेउमा छ ।

बुधबार यो घटना भएको बेला मारी अम्मान पर्वका लागि मारी माताको मन्दिर रंगाइँदै थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x