१४ मंसिर २०८३, आईतवार

पाकिस्तान बिस्फोट हुँदा ५ जनाको मृत्यु

एसीपी संवाददाता

१३ बैशाख २०७९, मंगलवार १२:५३ मा प्रकाशित

पाकिस्तानको कराँची विश्वविद्यालयमा भएको विस्फोटमा परी ५ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएको आशंका गरिएको छ । पाकिस्तानको स्थानीय सञ्चारमाध्यमका अनुसार कराँची विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युट नजिकै एउटा भ्यानमा विस्फोट भएको हो । विस्फोटपछि भ्यानमा आगो लागेको थियो ।

पाकिस्तानी सञ्चारमाध्यमले कराँची विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युट नजिकै भएको भ्यान विस्फोटमा ५ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने २ जना घाइते भएको बताइएको छ ।

कराँची विश्वविद्यालय क्याम्पसमा भएको आगलागीको भिडियोमा सेतो भ्यानमा आगो बलेको देखिएको थियो । भ्यानको माथिबाट धुवाँको मुस्लो निस्किरहेको थियो भने नजिकैका भवनका झ्याल फुटेको थियो ।  वाणिज्य विभागको छेउमा रहेको कन्फ्युसियस इन्स्टिच्युटतर्फ मोडिने क्रममा भ्यानमा विष्फोट भएको र आगलागी भएको समाचारमा जनाइएको छ ।

उर्दू भाषाको जंग अखबारको रिपोर्टमा रिमोट कन्ट्रोल डिभाइसबाट विष्फोट भएको बताइएको छ।

भ्यानमा विष्फोट हुनुको कारण के हो ?
भ्यानमा विष्फोट र आगलागी प्राकृतिक कारणले भएको स्थानीय प्रहरीले जनाएको छ । एसपी गुलशनले विष्फोटको आवाज निकै चर्को भएकोले घटनास्थलमा बम डिस्पोजल टोली पनि बोलाइएको तर यो सबै प्राकृतिक कारणले भएको बताए ।

सिन्धका आईजी मुश्ताक अहमद महरले मुख्यमन्त्री मुराद अली शाहसँगको टेलिफोन कुराकानीमा ५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। मुख्यमन्त्रीको कार्यालयबाट जारी विज्ञप्तिमा अधिकारीलाई उद्धृत गर्दै भनिएको छ कि दिउँसो २ः३० बजे भ्यानमा विष्फोट भएको हो । एजेन्सीन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x