३ आश्विन २०८३, शनिबार

पार्टीभित्रैबाट विरोधीसंगको साठगाँठबाट सरकारलाई बदनाम गरिदै – ओलि

एसीपी संवाददाता

१६ असार २०७८, बुधबार ०९:५२ मा प्रकाशित

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैबाट विरोधीसंगको साठगाँठबाट सरकारलाई बदनाम गर्ने खेल भएको बताउनुभएको छ ।

प्रधानमन्त्री निबास बालुवाटारमा बुधबार बसेको आयोजक कमिटीको अन्तिम बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीलाई गलत ढंगले कव्जा गर्ने र विरोधीसंगको साठगाँठबाट सरकारलाई बदनाम गर्ने खेल भएको बताउनुभएको हो । उहाले बिकासको काममा जुटेको प्रधानमन्त्रीको राजीनामा माग गरेपछि मुलुक अस्थीरतातर्फ जाने अवस्था पैदा भएको जिकिर गर्नुभयो ।

ओलीले पार्टीभित्रको एकतालाई जोगाउन अधिकतम लचकता अपनाएपनि अर्को पक्षले त्यसलाई आफु अनुकुल प्रयोग मात्र गरेको तर्क गर्नुभयो । एमाले राष्ट्र हाक्ने जिम्मेवारी बोकेको पार्टी भएकाले पार्टी भित्रको समस्यालाई राष्ट्रिय समस्याका रुपमा लिएको उहाले बताउनुभयो । प्रधानमन्त्री ओलीले एमाले नेतृत्वको सरकारले अभूतपूर्व ढंगले बिकास निर्माणका साथै शान्ति सुरक्षा तथा जनताका लागि काम गरेको तर गलत प्रचार हँुदा जनतामा निराशा छाउनु स्वभाविक भएको धारणा राख्नुभयो । उहाले मुलुकमा भ्रष्टचार नियन्त्रण गरेर देखाएको र अन्य मुलुकसंगको सम्बन्ध सुमधुर बनाएको दावी गर्नुभयो ।

त्यस्तै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाले देश हाक्न सक्ने अवस्था नदेखिइएपछि बिघटन गर्न बाध्य भएको उल्लेख गर्नुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x