९ माघ २०८२, बिहीबार

पार्टीलाई मिलाएर आगाडी बढने ने.का.नेता कोइरालाको भनाइ

एसीपी संवाददाता

२० माघ २०७६, सोमबार ०८:२२ मा प्रकाशित

माघ २० गते एजेन्सी । नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले पार्टीलाई मिलाएर लैजानुपर्ने बताएका छन् ।
नवलपुर जिल्लाको रजहजरमा शनिबार नेपाली कांग्रेस देवचुली वार्ड नम्बर १६ र १७ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै डा.कोइरालाले पार्टीभित्रको भागबण्डाको राजनीतिप्रति असन्तुष्टि जनाए ।
‘हामी अहिले मिलेर जानुपर्ने आवश्यक्ता छ’, उनले भने, ‘यस्तो अवस्थामा कार्यकर्ताहरूको मनोवल गिर्न दिनु हुँदैन ।उनले कांग्रेस नेतृत्वले गर्दै आएका पछिल्ला निर्णयहरूप्रति पनि असन्तुष्टि जनाएका छन् ।
कम्युनिस्टहरूको दब्दबा रहेका बेला कांग्रेस पार्टीलाई चलाउने हो भने कार्यकर्ताको भावनाअनुसार अगाडि बढ्नुपर्ने भन्दै डा.कोइरालाले नेताहरूमा सुधारको आवश्यक्ता रहेको बताए ।
नेपाली कांग्रेसका नेता एवम् राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.गोविन्द पोख्रेलले कम्युनिस्टहरूका कारण देशको अर्थतन्त्र बिग्रदै गएको बताए ।
नेपाली कांग्रेसका पालामा सञ्चालन भएका विकासका कार्यक्रमले मात्रै देश सहि मार्गदर्शन दिएको भन्दै डा.पोख्रेलले कम्युनिस्ट सरकारको अहिलेकै अवस्थाको नीति रह्यो भने आर्थिक संकट आउने चेतावनी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x