२९ आश्विन २०८३, बिहीबार

पुनः वर्गीकरण राजनीतिमा नेकपा प्रचण्ड-नेपाल समूह

एसीपी संवाददाता

१० फाल्गुन २०७७, सोमबार ०९:२० मा प्रकाशित

पूर्व माओवादीलाई ३५, पूर्व एमालेलाई ३३ जिल्लाको नेतृत्व
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षले तल्लो तहसम्म नै नेतृत्व तोक्ने काम तीव्र गतिमा अघि बढाएको छ। साविकको पार्टी दुई फ्याक भएपछि यो पक्षले ६८ जिल्लाको नेतृत्व टुङ्ग्याएको हाे।

३५ जिल्ला पूर्व माओवादी र ३३ पूर्व एमालेको भागमा पर्नेगरी नेतृत्व टुङ्ग्याएको हो। साङ्गठानिक स्वरूप टुङ्ग्याउने क्रममा अध्यक्ष र सचिवको टुंगो लगाएको हो।

इन्चार्ज र सह-इन्चार्ज पनि टुङ्ग्याउन बाँकी रहेको छ। पार्टी विभाजनपछि अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच संगठनात्मक संरचनालाई पूर्णता दिन बराबरी भागबण्डा गर्ने सहमति बनेको थियो।

फागुन ७ गते केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार ९ बुँदे सहमति बनेको छ। सहमति पत्रमा प्रदेश र जिल्लाका इन्चार्ज, सह इन्चार्ज एवं पार्टी कमिटीहरू तथा जन संगठनका पदाधिकारीहरूमा रिक्त स्थानमा आधा/आधा हुनेगरी मिलाउने सहमति बनेको छ।

पार्टी कमिटीहरू तथा जनवर्गीय संगठनका तहमा पनि ५०/५० प्रतिशत हुनेगरी मिलाउने भएको छ। रिक्त स्थान पूर्ति गर्दा यो समूहले साविक घटकको कमिटी र जनसंगठनमा वरियताक्रमलाई प्राथमिकता दिने भएको छ। धनगढीखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x