२९ आश्विन २०८३, बिहीबार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई नेपालगन्ज विमानस्थलमा भव्य स्वागत

एसीपी संवाददाता

२९ आश्विन २०८३, बिहीबार ११:५४ मा प्रकाशित

दिनेश ठाकुर नेपालगन्ज, २८ असोज — श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्क साम्पाङलाई बुधबार बिहान नेपालगन्ज विमानस्थलमा भव्य स्वागत गरिएको छ। सांगठनिक कार्यक्रमका लागि दाङ जाने क्रममा नेपालगन्ज आइपुग्नुभएका अध्यक्ष साम्पाङलाई पार्टीका नेता तथा कार्यकर्ताहरूले उत्साहपूर्ण रूपमा स्वागत गरेका हुन्।

अध्यक्ष साम्पाङको स्वागतका लागि नेपालगन्ज विमानस्थलमा श्रम संस्कृति पार्टीका विभिन्न तहका नेता, प्रदेश पदाधिकारी तथा स्थानीय कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। नेता तथा कार्यकर्ताहरूले उहाँलाई खादा र माला लगाएर स्वागत गर्दै पार्टीको संगठन विस्तार र अभियानप्रति ऐक्यबद्धता जनाएका थिए।स्वागत कार्यक्रममा श्रम संस्कृति पार्टीका प्रस्तावित केन्द्रीय सदस्यद्वय राजन राना मगर र कालीमिया (कस्मिरा खातुन), लुम्बिनी प्रदेश अध्यक्ष तुलबहादुर दर्लामी, प्रदेश उपाध्यक्ष ओमकार थापा तथा प्रदेश सह–कोषाध्यक्ष रामचरन चौधरी सहभागी हुनुहुन्थ्यो।

त्यसैगरी, प्रदेश सदस्य दिनेश गुरुङ, बाँके जिल्ला अध्यक्ष श्रीमान थापा मगर, जिल्ला उपाध्यक्षद्वय मो. रहिश हलवाई र मेघराज सुनार, जिल्ला सचिव डन्डप्रसाद शर्मा, सह–सचिव शाहिद मुकेरी, नेपालगन्ज उपमहानगरपालिका श्रम संयोजक इम्तियाज राई, जिल्ला संगठन विभाग प्रमुख गगन सिंह तथा जिल्ला सदस्य सीता बन्जाडेलगायत दर्जनौँ नेता तथा कार्यकर्ताहरूले अध्यक्ष साम्पाङलाई स्वागत गरेका थिए।

नेपालगन्ज विमानस्थलमा स्वागत कार्यक्रम सम्पन्न भएपछि अध्यक्ष साम्पाङ बुधबार नै स्थलमार्ग हुँदै दाङतर्फ प्रस्थान गर्नुभएको छ। पार्टी स्रोतका अनुसार दाङमा उहाँले संगठन विस्तार, कार्यकर्ता भेटघाट तथा विभिन्न स्थानीय कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

अध्यक्ष साम्पाङको नेपालगन्ज आगमनसँगै बाँकेमा श्रम संस्कृति पार्टीका नेता तथा कार्यकर्ताहरूमा उत्साह थपिएको देखिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x