१७ कार्तिक २०८१, शनिबार

पुर्ब मन्त्रीले गरे उदघाटन, वडा अध्यक्षहरुले गरे बहिस्कार

एसीपी संवाददाता

१० माघ २०७६, शुक्रबार १०:५७ मा प्रकाशित

नेपालगन्ज माघ १० गते । / नेपालगञ्जमा शुरु भएको दोस्रो अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिताको उदघाटन शत्रलाई नेपालगञ्जका वडा अध्यक्षहरुले बहिस्कार गरेका छन् । उद्घाटन समारोहमा प्रमुख अतिथिका नेपालगञ्जका मेयर वा उपमेयरलाई नबनाइएकाले उद्घाटन शत्रलाई बहिस्कार गरेका हुन ।

बिरोध सङै यस क्षेत्रकै सर्वाधिक राशिको दोस्रो अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिता शुक्रबारदेखि नेपालगञ्जमा शुभारम्भ भएको छ । नेपालगञ्जस्थित मंगल प्रसाद माध्यमिक बिद्यालयको खेल मैदानमा शुरु भएको प्रतियोगितालाई भब्य बनाइएको छ । प्रतियोगिताको उदघाटन पूर्व शहरी बिकास मन्त्री मोहम्मद इस्तियाक राईले उद्घाटन गर्नुभएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटै वडा तथा द ग्रुप अफ १६ को आयोजनामा शुरु भएको प्रतियोगिताको उद्घाटनमा बोल्दै पूर्व मन्त्री राई नेपालगञ्जको बिकासका लागि सदैव अग्रसर रहने बताउनुभयो ।
उहाँले क्रिकेट खेलमा नेपालगञ्ज एतिहासिक नगरी भएको हुनले पनि यहाँको क्रिकेट जगत फस्टाउन आवश्यक रहेकोमा जोड दिनुभयो । प्रतियोगिताको बिजेताले २ लाख उपबिजेता १ लाख पाउने आयोजक समितिका राम श्रेष्ठले जानकारी दिनुभयो । यसै १२ का अध्यक्ष सुवेदीले येस मलाई जानकारि गराउनु पर्ने
आयोजकले कमसे कम आफुहरुसंग सल्लाह गरेर प्रमुख अतिथि नबनाएकाले आफुहरुले बहिस्कार गरेको वडा अध्यक्षहरुले बताएका छन् । नेपालगञ्ज वडा नम्बर १२ का अध्यक्ष बुद्धिसागर शुबेदीले समन्वय नगरेको बताउनुभयो । वडा अध्यक्षहरुको बहिस्कार कारण मञ्चमा अतिथिहरुको उपस्थिति कमै मात्र देखिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x