१३ मंसिर २०८३, शनिबार

प्रचण्ड र माधव नेपाल अर्को खेल शुरु

एसीपी संवाददाता

९ फाल्गुन २०७८, सोमबार ०१:३१ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा एमसीसीको विपक्षमा उभिने बताएका छन् ।

संसदमा एमसीसी टेबल भएलगत्तै अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत् पार्टी र संसदीय दल एमसीसीका विपक्षमा उभिने बताएका हुन् । उनले भनेका छन्,‘विवाद र विरोधका बीच सरकारले एमसीसी टेबल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ ।’

प्रचण्डले एमसीसी टेबल हुन नदिन विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विरोध गरेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी अनुदान सहायता ( एमसीसी) संसदबाट पारित गर्न समर्थन नगर्ने बताए ।

संसद बैठकपछि पत्रकारसँग कुराकानी गर्दै नेता नेपालले एमसीसी पास गर्न आफ्नो दलले समर्थन नगर्ने बताएका हुन् ।

उनले भने, ‘एमसीसी सदनमा टेबल भएको छ । पास गर्न समर्थन गर्न सकिदैन ।’ दुबै नेताले एमसीसी टेबल गर्न सहमति जनाएर बाहिर भने विरोधमै छौ भनेर नौटंकी देखाएका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x