प्रतिनिधिसभा विघटन गर्ने कसरतमा सत्तापक्ष ! महाभियोग प्रक्रिया अघि बढाउन सिफारिस समिति
आज २०७८ फागुन । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा प्रतिनिधिसभा विघटन गर्ने कसरतमा सत्तापक्ष !, प्रधानन्यायाधीश विरुद्धको महाभियोग प्रक्रिया अघि बढाउन सिफारिस समिति गठन, अभिनेता पल शाह थप १२ दिन थुनामै रहने, व्यापारी मृत्यु प्रकरणमा प्रहरी सहायक निरीक्षकविरुद्ध किटानी जाहेरी, दमौलीमा आगलागी नियन्त्रणमा हेलिकप्टर परिचालन, पदाधिकारी चयनमा लफडा बढेपछि माओवादी केन्द्रको बैठक स्थगित, कोरोना संक्रमण दर घट्यो तर जोखिम कायमै लगायत छन् । १.प्रतिनिधिसभा विघटन गर्ने कसरतमा सत्तापक्ष !
केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले दुई पटकसम्म प्रतिनिधिसभा विघटनका लागि गरेको प्रयास सर्वोच्च अदालतले विफल तुल्याएको अवस्थामा वर्तमान सरकारले पनि प्रतिनिधिसभालाई पूरा कार्यकाल टिकाउनभन्दा विघटनकै बाटो समात्ने संकेत देखिएको छ । सत्ता पक्षकै केही नेताले संसदमा जारी एमालेको अवरोधलाई कारणका रुपमा देखाउँदै प्रतिनिधिसभा भङ्ग गर्न सकिने बताएका छन् । यद्यपि, सत्ता पक्षकै केही नेता भने प्रतिनिधिसभा विघटन गर्न नहुने पक्षमा देखिएका छन् । २.प्रधानन्यायाधीश विरुद्धको महाभियोग प्रक्रिया अघि बढाउन सिफारिस समिति गठन
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध ल्याइएको महाभियोग प्रकृया अघि बढाइएको छ । सोही क्रममा आइतबार प्रतिनिधिसभा बैठकले ११ सदस्यीय सिफारिस समिति गठन गरेको छ । समितिमा प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदलाई पनि समेटिएको छ । सो समितिले प्रधानन्यायाधीश जबराको समेत बयान लिन सक्ने छ । पदाधिकारी चयनमा लफडा बढेपछि माओवादी केन्द्रको बैठक स्थगित
नेकपा माओवादी केन्द्रले पदाधिकारी चयनमा लफडा बढेपछि केन्द्रीय समिति बैठक स्थगित गरेको छ । बैठकको तयारी नपुगेको भन्दै आइतबार बस्ने भनिएको बैठक स्थगित गरिएको हो । स्थगित बैठक सोमबारका लागि बोलाइएको छ । बैठकमा पदाधिकारी चयनबारे छलफल हुने बताइए पनि सहमति जुट्न नसक्दा स्थगित भएको स्रोतको भनाइ छ । रातोपाटि


