२४ फाल्गुन २०८२, आईतवार

प्रहरीको सक्रियताले लागु औषध अपराधी पक्राउ हुँदै

एसीपी संवाददाता

२७ माघ २०७६, सोमबार ०४:३७ मा प्रकाशित

माघ २७ गते नेपालगन्ज । बाँके प्रहरीले पछिल्लो समयमा धामाधम लागू औषध कारोबारीलाई पक्राउ गर्दै गएको छ।अर्को अर्थमा बाँके प्रहरीले लागू औषध डिलर धोस्त पार्दै गएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेले चालु आर्थिक वर्षको माघ महिनासम्म १५९ लागु औषध कारोवारीलाई नियन्त्रणमा लिएको जनाएको छ ।जिल्ला  प्रहरीका प्रमुख एसपी वीर बहादुर ओलीले १ सय ८ मुद्धामा ६ भारतीय नागरीकसहित १ सय ५९ जनालाई पक्राउ गरीएको जानकारी दिएका छन्  ।
जसमध्ये ५ महिला र १ सय ४८ नेपाली नागरीक रहेका छन । चालु आवको हालसम्म ६०८ ग्राम ७४५ मिलिग्राम ब्राउनसुगर, ९९० ग्राम चरेश, ४ किलो अफिम, ४ किलो ७७५ ग्राम गाँजा, ३ सय एमएल कोरेक्स, २ हजार ६ सय १२ ट्याब्लेट नाईट्राजेपाम, २ सय १० पिस ट्रामाटस र २ सय ९५ पिस एम्पुल सहित १ सय ५९ जनालाई नियन्त्रणमा लिईएको  प्रहरी उपरिक्षक वलीले जानकारी दिए । बाँके प्रहरीले आ.व ०७३/०७४ मा १३७ आगुऔषध मुद्धामा १ सय ८०, आव ०७४र०७५ मा १४५ मुद्धामा ३१० र आव ०७५/०७६ मा २४९ मुद्धामा ३७६ जना लागु औषध कारोवारी तथा प्रयोगकर्ता नियन्त्रणमा लिएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरीएको छ।
दिदिभाई नै लागु औषध कारोवारी
बाँके प्रहरीले शनिबार ठूलो परिमाणको प्रतिबन्धित लागू औषध ब्राउन सुगर र प्रतिबन्धित ईन्जेक्सनसहित ३ जनालाई नियन्त्रणमा लिएको थियो । सीमावर्ती भारतीय शहर रुपैडिहाबाट नेपालगञ्ज आउदै गरेका भारतीय नागरिकबाट २ सय ग्राम र नेपाली नागरिकबाट १८ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटेको संयुक्त टोलीले भे ९ प ६५२९ नंम्बरको स्कुटीको अगाडिको टायर कभरमा लुकाएर १८ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर लिएर नेपाल आउदै गरेको अवस्थामा कैलाली टिकापुर नगरपालिका वडा नं १ का विष्णु पुरी सहितलाइ अनुसन्धान प्रक्रिया बढेको छ

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x