प्राणका लागि मेरो रु.५०० अभियान
राजेन्द्र प्रसाद जोशी महेन्द्रनगर कञ्चनपुर
विश्व महामारीको रुपमा फैलिएको कोरोनाले हाम्रो देश पनि अछुतो रहन सकेन। यसै क्रममा काेभिडकाे मारमा परेको सुदूरपश्चिमकाे डडेलधुराका उत्साही केही युवाहरूले कोभिडका बिरामीलाई विभिन्न समस्या (अक्सिजन आदिको) अभाव हुने गरेकाले यसको व्यवस्थापनका लागि आम नागरिकबाट #प्राणकालागिमेरोरु.५०० अभियान चलाएकाे अभियन्ता तथा बोलन्या थली डडेलधुराका संयाेजक यादव जाेशीले बताउनु भएकाे छ।
बाेलन्या थली र खबरदारी मिडिया हाउसको समन्वयमा भइरहेको उक्त अभियान अन्तर्गत डडेलधुराका लागि ४५ थान, डाेटीका लागि २२ थान र अछामका लागि १३ थान अक्सिजन ग्यास पठाइएको छ। यसका साथै बाजुरा एवम् बैतडीका लागि पनि छिट्टै पठाउने तैयारी भइरहेको प्राणका लागि रु. ५०० का अभियन्ता दिपकराज भट्ट दिपुले जानकारी दिनुभयो। डोटीमा ग्यासको अभाव देखिएपछि २०७८/०२/०२ गते राति १ बजे नै डोटीमा ग्यास पुर्याइएकाे अर्का अभियन्ता सुरत तमोलीले बताउनु भयो।
प्राणका लागि रु. ५०० अभियानलाई मन, वचन, कर्मले सहयोग गर्ने सबै मनकारी व्यक्तित्वलाई अभियानकाे तर्फबाट अन्तर हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दछौं बाेलन्या थली संयाेजक यादव जाेशीले धन्यवाद दिँदै भन्नुभएकाे छ।


