नवनिर्वाचित प्रेमवती रानाथारुको अध्यक्षतामा होलिमिलन कार्यक्रम सम्पन्न
नेपाल रानाथारु समाज, कञ्चनपुरको होरी मिलन कार्यक्रम २०७८ समपन्न गरेको छ । हाेरी को शुभकामना अदानप्रदान गर्दै एक कार्यक्रमका बीच कञ्चनपुरको झलारी बजारको कालिका मा. वि.मा समाजले होरी मिलन समपन्न गरेको हो कार्यक्रम नव निर्वाचित जिल्ला अध्यक्ष प्रेमवती रानाको सभापतित्वाम कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको प्रमुख अतिथी आसन ग्रहण नेपाल रानाथारु समाजका केन्द्रिय अध्यक्ष कृपाराम रानाले गर्नु भएको थियो । रानाथारुलाई ६०औ जातिको रुपमा सुचिकृत गरेको म नेपाल सरकार तथा सम्माननिय राष्ट्रपति प्रति अभार व्यक्त गर्दै अब हामी आफ्नो हक अधिकार् आरक्षण जस्ता कुरामा संबेदनसिल हुनु पर्ने बताउनु भयो । सुदुरपश्चिम प्रदेशमा रानाथारु भाषालाई काम काजी भाषाको सुचि बाट हटाएको विरोधमा हामी आन्दोलन गर्न बाध्य रहेका थियो । साथै रानाथारुको शैक्षिक र सामाजीक आवस्थालाई सुधार गर्नका लागि हामीले राज्य पक्ष संग पहल गर्दै आइरहेको बताए केन्द्रिय अध्यक्ष राना भन्नू भयो ।

त्यसै गरि कार्यक्रका विशिष्ट अतिथि कृष्णपुर नगर पालिकाकी उपप्रमुख रमिता रानाले भन्नु भयो “हामी महिला कहाँ छौ र कमजोर पुरुष प्रधान समाजले हामीलाई अवसर दिएको छैन ।त्यसैले अब महिलाहरु पनि सक्रिय हुनु पर्छ बताउनु भयो । कञ्चपुर जिल्लाले महिला निडर नेतृ प्रेमवती रानाको अगुवाइमा अध्यक्ष दिइका छन म कञ्चनपुर वासीलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।
रानाथारु जातिलाई सुचिकृत गराउनमा माननिय नारदमुनि रानाले महत्वपुर्ण भुमिका निर्वाह गर्नु भएकोमा र रानाथारु समाजलाई यहाँ सम्म ल्याई पु¥याउने हाम्रा अग्रज नेता तथा समाज सेवीहरुलाई धन्यवाद दिन चाहन्छु । हामीले एकता बद्घ भएर रानाथारुको उत्थानको लागि र थप अधिकारको लागि लाग्नु पर्दछ” उपप्रमुख रानाले बताउनु भयो ।

कार्यक्रमको शुभकामना मन्तव्य दिनुहुने अतिथीहरुमा जिल्ला समन्वय समिती सदस्य लक्ष्मण राना, शुक्लाफाँटा नगर पालिका ४ का वडा अध्यक्ष ज्ञानेन्द्र विष्ट, वडा नं. ६ का वडा अध्यक्ष जगत राना, वडा नं. १२ का वडा अध्यक्ष वाले राना, बेदकोट नगर पालिका वडा नं. ६ का फट्टे राना, बेलौरी नगर पालिका वडा नं. ८ का वडा अध्यक्ष नन्दकुमार राना ,
नेपाल रानाथारु समाज पुर्व केन्द्रिय अध्यक्ष पदम राना, केन्द्रिय उपाध्यक्ष ज्ञानेन्द्र राना, नेपाल रानाथारु समाज कैलाली जिल्ला अध्यक्ष लालबहादुर राना, कञ्चनपुर संघर्ष समिती अध्यक्ष सागर राना, रानाथारु उत्थान मञ्चका अध्यक्ष धोखे राना, असैना गाउका भलमन्सा मिट्ठु राना, डँगा जाइका सिताराम राना, कलुवापुरका जय सिह राना, सिसैयाका सिताराम राना, बाँडीका भजन राना, कसरौलका सालीक राम राना र बन्सहा गाउँका भंगा रानाले शुभकामना मन्तव्य दिनुभएको थियो ।

- गत आईतवार ६ गते सम्पन्न भएको नेपाल नृत्य राना थारु समाज कञ्चनपुरको दोश्रो जिल्ला अधिवेशनले प्रेमवति रानालाई अध्यक्ष चयन गरेको हो । आइतवार नेपाल रानाथारु समाज केन्द्रिय कमिटि अध्यक्ष तथा संविधान सभा सदस्य कृपाराम रानाको सभापतित्वमा कृष्णपुर नगरपालिका वडा नम्बर ६ सयपत्रि सामुदायिक वन उपभोक्ता समुहको प्रांगणमा सम्पन्न दोश्रो जिल्ला अधिवेशनले प्रेमवती रानाको अध्यक्षतामा ११ सदस्सीय नयाँ कार्य समिति चयन गरेको छ ।
- नयाँ कार्य समितिको उपाध्यक्षमा मनोहरलाल राना , सचिवमा सतेन्द्र राना ,सहसचिवमा शिवराज राना , कोषाध्यक्षमा कविता राना र समितिको सदस्यहरुमा भज्जन सिंह राना,बचन सिंह राना,राम प्रसाद राना नेपाल राना थारु आशाराम राना,मिठ्ठ देवी राना र बाँधुराम राना चयन भएका थिए । यसरी चयन भएको नयाँ कार्यसमितिको सक्रियतामा होलि मिलन कार्यक्रम तथा शुभकामना आदानप्रदान भएको हो ।
कार्यक्रममा महिला सशक्तिकरण एव जनजाती हस्त शिल्पकलाबाट राष्ट्रिय सम्मानमा भारतीय राष्ट्रिपति द्वारा सम्मानित आरती रानालाई सम्मान गरिएको थियो । कार्यक्रम विभिन्न गाउँको होरी नाचको प्रस्तुती रहेको थियो । नारी शक्ति पुरस्कार’बाट सम्मानित आरती रानालाई भव्य स्वागत


