बलिदान दिवसको अवसरमा श्रद्धाञ्जली सभा
नन्दलाल साहू/ माघ ५ गते नेपालगन्ज, ।
बलिदान दिवसको अवसरमा समाजवादी पार्टी बाकेको जिल्लाअध्यक्ष कमरुद्दीन राईको संयोजकत्वमा आइतवार नेपालगन्जको त्रिभुवन चोकमा सहिद बलिदानी दिवसको बेला श्रद्धाञ्जली अर्पित गरिएको छ।
श्रद्धाञ्जली कार्यक्रममा राजपा पार्टी,जनमत पार्टी नयाँ शक्ति पार्टीको संयुक्त आयोजनामा श्रद्धाञ्जलि अर्पित गर्दै
सहिदहरुको तस्बिरमा माल्यार्पण गरिएको छ।जिल्ला अध्यक्ष कमरुदीन राई र पत्रकार तथा सपाका कार्यकर्ता राजेन्द्र बि.कले दिएको जानकारी अनुसार हामी शहिदका सपना पुरा गर्नका लागि अझै पनि संघर्षरत छौ र सपना पुरा गर्न कुनै कसर बाकी नछाड्ने बताएका हुन।
२०६३ साल फाल्गुन ५ गते गुल्जार खा,फाल्गुन १५गते कोइली कोरी,खोडहे गोडिया फाल्गुन १५ और फाल्गुन २५ गते तुलाराम त्रिपाठी और काशी राम हरिजन मधेस आन्दोलनको क्रममा बाके जिल्लामा शहिद भएका थिए ।
सहिद दिवसका अवसरमा आइतबार शहीदका परिवारर्लाइ दोसल्ला ओढाएर सम्मान गरिएको थियोे ।





