बाकेको रामलिला मैदान राम बागमा रावण बध

रिसब सिंह वाडिया / करण वाडिया नेपालगन्ज बाके – नेपालगंज उपमहानगरपालिका -०९ मा रहेको रामलिला मैदान राम बागमा रावण बध गरिएको छ । यो बिश्वमा जहाँ जहाँ हिन्दु धर्म मान्ने हरु र मलेसिया जस्तो मुस्लिम रास्ट्रमा नाटक मंचन रामलिला हुने गर्छ । आज बेलुका ६ बजे तिर नेपालगन्जको रामलिला मैदान रावण दहन गरिएको हो ।
नेपालगन्ज १ साता देखि नै रामलिलाको बारेमा नाटक मंचन हुने गरेको छ । हिन्दु धर्म परम्परा अनुसार असत्य माथी सत्यको बिजयी भएको भन्दै आज दशै , दशहरा मनाउने गरिन्छ । त्रेतायुगमा आयोध्याका राजा दशरथको घरमा जेठो छोराको रूपमा बिष्णु भगवानले अवतार लिई बिश्वलाई दशनन्द रावण बाट मुक्ति दिलाएका थिए । रावण महानज्ञानी थियो तर अन्याय अत्याचार धेरै गर्न शुरु गरेको र सीता माताको अपहरण गरि लागेको निहु बनाई राम भगवानले बिश्वको कल्याण गरेका सनातन धर्मको मान्यता छ ।