बालकोट किन पुगे गृहमन्त्री बालकृष्ण ?
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतामा प्रमुख प्रतिपक्षी दललाई फकाउन दौडधुप थालेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र मानिने खाड कुटनीतिक प्रभाव राख्न सक्ने नेता हुन् । बुधबार बिहान बालकोट पुगेर उनले प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । भेटमा एमसीसी पारित गराउने विषयमा खाडले ओलीलाई कन्भिन्स गराएको बुझिएको छ ।
यसअघि मंगलवार साँझ बालुवाटारमा कांग्रेस र एमालेबीच भद्र सहमति भएको थियो । गठबन्धनबाट पार नगाले एमालेले एमसीसी पारित गर्न वातावरण बनाउने समझदारी भएको थियो ।
यो सहित अन्य केही जेन्टलमेन्ट सहमति भएको र त्यसैलाई पक्का बनाउन र ओलीलाई पूर्णरुपमा कन्भिन्स गर्न खाड बालकोट पुगेका हुन् ।
कांग्रेसमा कुशल रणनीतिकारका रुपमा चिनिने खाड सितिमिति सफल हुँदैनन् । उनले ओलीलाई मनाएर एमसीसी पारितको माहोल बनाउने बताइन्छ ।


