११ जेष्ठ २०८१, शुक्रबार

बिदेशीलाई प्रतिबन्ध , नेपाललाई ९५ हजार टन चावल दिने

एसीपी संवाददाता

२ कार्तिक २०८०, बिहीबार १४:४९ मा प्रकाशित

चामल निर्यातमा रोक लगाएको भारतले नेपालमा भने ९५ हजार टन चामल निर्यात गर्न अनुमति दिएको छ। मुलुकमा उत्पादित कृषिजन्य वस्तुले माग नधानेपछि सरकारले विदेशबाट चामललगायत खाद्यवस्तु आयात गर्दै आएको छ।

नेपाल सरकारले एक लाख मेट्रिक टन चामल आयातका लागि खुला गर्न भारत सरकारलाई आग्रह थियो। नेपालको आग्रहमा ९५ हजार टन चामल नेपाल निर्यात गर्न अनुमति दिइएको भारतको विदेश व्यापार महानिर्देशनालयले जनाएको छ।

गत जुलाई २० देखि भारतले गैरबासमती चामल निर्यातमा रोक लगाएपछि त्यसको असर नेपालको बजारमा परेको थियो। भारतले सात देशलाई कुल १० लाख ३४ हजार ८ सय टन चामल निर्यातको कोटा दिएको छ। त्यसमा नेपाल पनि पर्छ।नागरिक न्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x