ब्राउन सुगर सहित एक किशोर पक्राउ
बाँके । छिमेकी देश भारतबाट नेपालमा मुख भित्र लुकाएर ल्याउदै गरेको ब्राउन सुगर सहित एक किशोर पक्राउ परेका छन ।
नेपालगञ्ज उपमहानगरपालिका-१५, ईलाका प्रहरी कार्यालय जमुनाह चेक पोइन्ट हुँदै नेपाल प्रवेश गर्दै गरेका कोहलपुर नगरपालिका ५ का २२ वर्षिय सनिस केसीलाई ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएका प्रहरी टोलिले बिहीबार साझँ नियन्त्रणमा लिएको जनाएको छ । भारतबाट नेपाल तर्फ आउदै गरेका केसीलाई शंका लागेर चेकजाँच गर्दा उनले मुख भित्र लुकाएर ल्याएको अवस्थामा ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला पारेको हो ।
प्र.ना.नि मीन बहादुर बिष्टको कमाण्डना खटिएका प्रहरी टोलिले केसीलाई चेकजाँच गर्ने क्रममा मुख भित्र लुकाएर ल्याएको ३ ग्राम ब्राउनसुगर फेला पारेर नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय जमुनाहले जनाएको छ ।
प्रहरी अनुसार उनलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालयमा राखिएको छ ।


