भवानी मा.बि. सेमराको ३६ औं वार्षिक तथा अभिभावक दिवस समारोह सम्पन्न

सन्ध्या शर्मा
नेपालगन्ज बाँके , पुस १९
शनिबार डिल बहादुर के.सि.को अध्यक्षतामा भवानी माध्यमिक बिद्यालय सेमराको ३६ औं वार्षिक तथा अभिभावक दिवस समारोह सप्पन्न भएको छ ।

समारोहको प्रमुख अतिथी प्रदेश न. ५ का सभा सदस्य कविराम थारुले भवानी मा. बि. ले बनाएको नयाँ कक्षाकोठा(नयाँ घर)को रिबन काटि उद्घाटन गरेका छन । कार्यक्रमको प्रमुख अतिथी द्वारा पानसमा बत्ती बाली उद्घाटन गरिएको हो । केसिले कार्यक्रममा उपस्थित अभिभावकहरु संग आफ्ना बालबालिकाहरु प्रती पढाईको बिषयमा थप रुचि राखेर भबिस्यको कर्नधारहरुलाई शिक्षित बनाउन आग्रह गरे । उनले कार्यक्रम र बिद्यालयको प्रगति र बिकासको कामना मन्तव्य राखेका हुन ।

समारोहलाइ झन उत्साहित र उपस्थितिहरुको मनोरञ्जन बढाउन बिद्यार्थिहरुको नृत्यको पनि आयोजना गरिएको थियो ।
नेपाली चर्चित मोडेल अञ्जली अधिकारीको नृत्य प्रकट गरि भाबुक हुँदै आफू पनि सो बिद्यालयको पुरानो बिद्यार्थि रहेकी बताइन । आफू नृत्यमा बालपन बाट रुचि राखेकी र नृत्यलाई नै प्राथमिकता दिदै आएको हुनले सफल कलाकार भएकी बताईन र सम्पुर्ण विद्यार्थी र अभिभावकहरुलाई रुचि अनुसारको शिक्षा दिने आग्रह गरेकी हुन ।

बिद्यालयका प्राध्यापक धर्मप्रसाद शर्माले बिद्यालयमा सञ्चालित विशेष कक्षा र पुर्वप्राथमिक देखि १२ कक्षासम्म अध्ययनरत बिद्यार्थिहरु र शिक्षक कर्मचारी र भौतिक अवस्था तथ्यांकिय विवरण देहाय बमोजिम रहेको कुरा जानकारी गराए ।
समारोहमा प्रमुख अतिथी प्रदेश न. ५ का सभा सदस्य कविराम थारु, समारोह प्रस्तोता धर्म प्रसाद शर्मा, बिशिस्ट अतिथि बढैयाताल गाउँ पालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष दिपा गौतम, गाउँपालिकाको विभिन्न कर्मचारी, पत्रकार, शिक्षक, अभिभावक हरुको लगायतको उपस्थिति रहेको थियो ।