१४ मंसिर २०८३, आईतवार
भारतद्वारा रुसको सहयोगमा निर्मित ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण
एजेन्सी । भारतले रुसको सहयोगमा निर्मित ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण गरेको छ ।
जमिनबाट जमिनमा प्रहार गर्ने यस मिसाइलको परीक्षण बुधबार अण्डमान र निकोबार द्वीपमा गरिएको थियो ।
यो सुपरसोनिक क्रुज मिसाइल आवाजको गतीभन्दा तीन गुणा बढी रफ्तारमा उडेर लक्ष्य भेद्न सक्छ ।
भारतीय अधिकारीहरुका अनुसार परीक्षणको क्रममा यसले लामो दुरीको निशानाको लक्ष्य हासिल गर्न सफल भएको थियो ।
मिसाइल परीक्षण पछि भारतीय सेनाका एयर चिफ मार्शल बीआर चौधरीले टोलीलाई बधाई दिएका थिए । चौधरी आफैं परीक्षण गर्ने स्थानमा उपस्थित थिए ।
Subscribe
Login
0 Comments


