२९ माघ २०८२, बुधबार
भारतिय दूतावासद्वारा मोड्युलर पुलको पूर्ण सेट र पुल जडान गर्न प्रयोग हुने विशेष उपकरणहरु हस्तान्तरण
काठमाडौं – नेपालका लागि भारतीय राजदूतले मिति २०८२ मंसीर ४ गते हेटौंडामा आयोजित एक समारोहबीच नेपाल सरकारका माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई ७०–मिटर लामो मोड्युलर पुलको पूर्ण सेट र पुल जडान गर्न प्रयोग हुने विशेष उपकरणहरु हस्तान्तरण गर्नुभयो ।
२. पूर्वी नेपाललाई प्रभावित पारेको सन् २०२५ अक्टोबरमा आएको विनाशकारी वर्षापछि नेपाल सरकारले अनुरोध गरे अनुसार भारत सरकार कुल दशवटा यस्ता ७०–मिटर लामो र अग्ला स्प्यान पुलहरु प्रदान गर्न प्रतिबद्ध छ । नेरु.७३ करोडभन्दा बढी मूल्यका दशवटा बेली ब्रिजहरु
भारतले अनुदानको आधारमा प्रदान गरिरहेको छ ।
३. आज हस्तान्तरण गरिएको मोड्युलर पुललाई तुरुन्तै रामेछापमा जडानका लागि पठाइनेछ जहाँ सन् २०२५ अक्टोबरमा भारी वर्षा पछि सडक कनेक्टिभिटी प्रभावित भएको थियो ।
४. गत वर्ष सन् २०२४ सेप्टेम्बरमा आएको बाढी र पहिरोपछि भारत सरकारले नेरु. ४१ करोड बराबरका १० वटा प्री–फ्याब्रिकेटेड स्टील ब्रिजहरु उपलब्ध गराएको थियो जस मध्ये ४ वटा जडान भइसकेका छन् ।
५. कार्यक्रममा राजदूतले मोड्युलर पुल र पुल जडान गर्न प्रयोग हुने विशेष उपकरणहरुको आपूर्ति भारत–नेपाल सम्बन्धलाई परिभाषित गर्ने मित्रताको दिगो सम्बन्धको शक्तिशाली प्रमाण भएको र नेपालको पूर्वाधार विकास र विपद्पछिको पुनर्निर्माण प्रयासहरुका लागि सबै सम्भव सहयोग उपलब्ध गराउने भारत सरकारको नीतिलाई पुष्टि गरेको बताउनुभयो ।
६. नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले भारतको निरन्तर र महत्वपूर्ण सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
वहाँले छिटो जडान गर्न सकिने यस्ता पुलहरु तथा पुल जडान गर्न प्रयोग हुने उपकरणहरुको उपलब्धता आपतकालीन पुनर्निर्माणलाई तीव्र गतिमा अघि बढाउन अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । वहाँले पुल छिट्टै सञ्चालनमा ल्याइने आश्वासन पनि दिनुभयो ।
७. पुनर्निर्माण तथा विपद् न्यूनीकरण प्रयासहरुमा भारत सरकार नेपाल सरकार र नेपाली जनतालाई निरन्तर सहयोग गर्दै जाने कुरामा प्रतिबद्ध रहेको जनाउनु भयो ।
Subscribe
Login
0 Comments



