१४ मंसिर २०८३, आईतवार

भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मूल्य घटेर आएपछि मूल्य समायोजन

एसीपी संवाददाता

२९ आश्विन २०८०, सोमबार ०७:०१ मा प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँले घटाएको छ भने डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटेको छ ।

आइतबार राति १२ बजेपछि लागु हुने गरी निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको हो ।

भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मूल्य घटेर आएपछि मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ र डिजलको मूल्य प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्ने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x