१ आश्विन २०८३, बिहीबार

भारतीय पर्यटकलाई कम्तीमा पाँच लाख नगद ल्याउन दिनुपर्छ : नगरप्रमुख खाँ

एसीपी संवाददाता

१ आश्विन २०८३, बिहीबार ०७:२८ मा प्रकाशित

रुपन्देही । सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इश्तियाक अहमद खाँले नेपाल आउने भारतीय पर्यटकलाई कम्तीमा पाँच लाख रुपैयाँसम्म नगद ल्याउन दिनुपर्ने धारणा व्यक्त गरेका छन्।
नगरप्रमुख खाँले भारतीय पर्यटकलाई नेपालमा सहज रूपमा आवतजावत तथा खर्च गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्। भारतीय पर्यटकको आगमनले नेपालको पर्यटन, व्यापार तथा स्थानीय अर्थतन्त्रमा योगदान पुग्ने भएकाले नगद कारोबारसम्बन्धी व्यवस्थालाई सहज बनाउनुपर्ने उनको भनाइ छ।
उनले भारतीय पर्यटकलाई लक्षित गर्दै सीमा क्षेत्रमा देखिने आर्थिक तथा व्यावहारिक समस्याको समाधान गर्न सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्ने बताए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x