१० कार्तिक २०८१, शनिबार

भारतीय सहयोग मा सयौं सामुदायिक विकास परियोजना सम्पन्न

एसीपी संवाददाता

३ कार्तिक २०८०, शुक्रबार १९:५७ मा प्रकाशित

तीमध्ये सबैभन्दा धेरै विद्यालय भवन निर्माणमा आर्थिक सहयोग गरिएको जनाइएको छ । राजधानीको बालुवाटारदेखि कर्णालीका कतिपय दुर्गम जिल्लामा समेत विद्यालय र पुस्तकालय निर्माण गरिएको काठमाडौंस्थित भारतीय दूतावासलाई उल्लेख गर्दै इण्डिया न्युज नेटवर्कले जनाएको छ ।

हालसम्म भारतले ४८३ वटा त्यस्ता परियोजना सम्पन्न गरिसकेको छ । तीमध्ये बागमती प्रदेशमा १०५ वटा छन् । दूतावासले यसबीचमा ९७४ वटा एम्बुलेन्स, २३४ वटा स्कुल बस पनि उपलब्ध गराएको जानकारी दिएको छ । तीमध्ये राजधानी काठमाडौंमा मात्र ६९ वटा एम्बुलेन्स र ५२ वटा स्कुल बस काठमाडौंमा प्रदान गरिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x